साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

सारांश

  • काठमाडौ‌।
  • नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ ।
  • हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

काठमाडौ‌। नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो। बङ्गलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन्। त्यस्तै खेलको २७औँ मिनेटमा बङ्गलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए। खेलको ३२औँ मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बङ्गलादेशलाई ३–० को अग्रता दिलाएका थिए। भूटानविरुद्ध पहिलो हाफमा तीन गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बङ्गलादेशका दीपक रोयले एक गोल गरेपछि बङ्गलादेशले भूटानमाथि ४–० को सहज जित हात पार्यो।

भूटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बङ्गलादेश समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो। अब बङ्गलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?