नग्न बनाई भाइसँग चूम्बन गर्न बाध्य पार्ने २ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
नग्न बनाई भाइसँग चूम्बन गर्न बाध्य पार्ने २ जना पक्राउ

सारांश

  • काठमाडौं, पुस १६ ।
  •   एक महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
  • एकजना फरार छन् ।

काठमाडौं, पुस १६ ।  एक महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ ।

प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । मितआमाको घर हिँडेकी क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो ।

सालबाडीका विजयबहादुर राना र नविन डाँगीसहितको समूहले दिदीभाइलाई जबरजस्ती चुम्बन गर्न लगाए र त्यसको फोटो खिचे । यो समूहले कपडा खोलेर नाङ्गो बनाएको र पटक-पटक करणीको प्रयास गरेको पीडितले बताएकी छन् ।

उनीहरुले युवतीलाई नग्न पारेको भिडियोसमेत बनाएका थिए । उनीहरुले एक लाख मागेको र नदिए भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको पीडितको भनाइ छ ।

तर, पीडित दिदीभाइले १० हजार मात्रै छ, त्यो पनि बैंकबाट निकाल्नुपर्छ भनेपछि विजय र नविनको समूहले मोटरसाइकलको साँचो खोसेर महिलालाई चियाबारीभित्र लगेर राखे । पीडिकमध्येका एकजना पीडितका भाइलाई लिएर पैसा निकाल्न बैंकतिर लागे ।

त्यही क्रममा पीडितका भाइ भागेर प्रहरी कहाँ पुगे । प्रहरी टोलीले घटनास्थल पुगेर चियाबारीभित्रबाट नाङ्गो अवस्थामा महिलाको उद्दार गरेको छ ।

प्रहरीका अनुसार यो समूहले उनीहरुको साथमा रहेको १२ हजार २०० लिएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार
कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व
प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
रवि लामिछानेको मुद्दामा २ न्यायाधीशको मत बाझियो, अब के हुन्छ?
रवि लामिछानेको मुद्दामा २ न्यायाधीशको मत बाझियो, अब के हुन्छ?
भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद
भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद