प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०८१
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
  • प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट सपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको स्रोतको भनाइ छ ।

आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेपछि विश्वासको मत लिने तय भएको हो । प्रधानमन्त्रीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ती प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?