सुन प्रकरणमा थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २१, २०८०
|
|
२८ पटक हेरिएको
Shares
सुन प्रकरणमा थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिइयो

सारांश

  • काठमाडाैं ।
  • सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिइएको छ ।
  • उक्त प्रकरणको थप अनुसन्धान गर्ने गरी आज सिआइबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।

काठमाडाैं । सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिइएको छ । उक्त प्रकरणको थप अनुसन्धान गर्ने गरी आज सिआइबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार अब बाँकी सबै अनुसन्धानका काम सीआईबीले गर्नेछ ।

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पु¥याएर आज फाइल पठाइएको हो । उक्त प्रकरणमा अब सीआईबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधका सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान थाल्ने जानकारी दिए ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त घटनामा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आज १८ दिनपछि अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको हो ।

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । विभागका महानिर्देशक ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
किन उठ्यो मन्त्री लालबाबु पण्डितलाई कारवाहीको माग ?
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
एक अर्ब ६२ करोड राजश्व मदिरा उद्याेगबाट मात्र !
एक अर्ब ६२ करोड राजश्व मदिरा उद्याेगबाट मात्र !
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
उपप्रमुख र उपाध्यक्षलाई मुद्दा छिन्न झन्झट बन्दै
उपप्रमुख र उपाध्यक्षलाई मुद्दा छिन्न झन्झट बन्दै
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण
जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण
भोजपुरे नागरिकको चासो विकास र समृद्धि
भोजपुरे नागरिकको चासो विकास र समृद्धि

तपाईंले छुटाउनुभयो कि?