गिद्ध संरक्षणमा जोड

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
गिद्ध संरक्षणमा जोड

सारांश

  • जिल्लाको आँखुखोला र बुढीगण्डकीको किनारमा बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको छ ।
  • आज सेप्टेम्बर ७ अर्थात भदौ २१ गते ११ औँ अन्तर्रा्ष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदैछ ।
  • प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्रा्ष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउने कार्यक्रमहरुको आयोजना गरी विश्वभर मनाउने गरिन्छ ।

जिल्लाको आँखुखोला र बुढीगण्डकीको किनारमा बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको छ । आज सेप्टेम्बर ७ अर्थात भदौ २१ गते ११ औँ अन्तर्रा्ष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदैछ ।

प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्रा्ष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउने कार्यक्रमहरुको आयोजना गरी विश्वभर मनाउने गरिन्छ । सन् २००५ देखि दक्षिण अफ्रिकामा मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस सन् २००९ बाट अन्तर्रा्ष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालमा पनि सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानीय सरकार र सरोकारवाला निकायसँग अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी साताव्यापीरुपमा मनाइने गरिएको गिद्ध संरक्षणका अभियन्ता कृष्ण भुषालले बताउनुभयो ।

एघाराँै अन्तर्रा्ष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा यसअघि गिद्ध देखिने आँखुखोला किनार टारीबेँसी र आसपासमा आज गिद्ध एउटा पनि नदेखिएको त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण खत्रीले जानकारी दिनुभयो ।

धादिङमा विश्वमै दुर्लभ डगर गिद्ध, सुन गिद्ध र सेतो गिद्धसँगै सङ्कटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्ध पाइन्छ । गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने औषधि डाइक्लोफेनेक आदि विषादीको प्रयोग शून्य बनाउनुपर्ने, बासस्थान संरक्षण गरिनुपर्ने तथा आहारा सुरक्षा र उपलब्धतामा जोड दिनुपर्ने संरक्षणकर्मीको जोड छ । रासस

(studybizz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ
लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ
नेपाली कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोजेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
हत्या आरोपमा आफ्नै बाबु र दाजु पक्राउ
हत्या आरोपमा आफ्नै बाबु र दाजु पक्राउ
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो,  कल्याण गुरुङ/
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो, कल्याण गुरुङ/
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश
सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश
असोज १५ गते बिहिवारको राशिफल यस्तो छ
असोज १५ गते बिहिवारको राशिफल यस्तो छ
अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?
अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?
बूढानीलकण्ठ नगरपालिकामा २१ जनामा आरडिटी पोजेटिभ
बूढानीलकण्ठ नगरपालिकामा २१ जनामा आरडिटी पोजेटिभ
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा

तपाईंले छुटाउनुभयो कि?