‘ओली-देउवा साँठगाँठ’ मा मध्यावधि चुनावको घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ६, २०७७
|
|
२१ पटक हेरिएको
Shares
‘ओली-देउवा साँठगाँठ’ मा मध्यावधि चुनावको घोषणा

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ ।
  • ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुपूर्व देउवासँग केही दिन अघि भेटेका थिए ।
  • त्यस बखत पनि सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ । ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुपूर्व देउवासँग केही दिन अघि भेटेका थिए । त्यस बखत पनि सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ ।विश्वस्त स्रोतका अनुसार मध्यावधिमा जाने भए भित्री रुपमा समर्थन गर्ने देउवाको जवाफ थियो । ओलीको कदमप्रति अहिले देउवा खासै कडा रुपमा प्रस्तुत भएका छैनन् । बरु उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत केही संवैधानिक निकायमा आफूले चाहेका व्यक्तिहरुलाई नियुक्तिको सिफारिश गराउन सफल भएका छन् ।

विगतमा पनि ओली र देउवाबीच कतिपय निर्णयहरुमा साँठगाँठ भएको थियो । उनले ओलीका कतिपय कदममा मौन समर्थन गरेका थिए । यसपटक प्रतिनिधिसभा बिघटनमा पनि देउवाले खासै विरोध गरेका छैनन् । यो दुई नेताबीचको सहमतिमै चालिएको कदम भएको बुझिएको छ ।

हिजो प्रधानमन्त्री ओलीले संसद बिघटन गरी वैशाखमा दुई चरणको मध्यावधि चुनाव गर्ने सिफारिश गरेका थिए । यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिसकेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए
कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए
पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै
पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै
रुकुम पूर्वमा बालीघरे प्रथा
रुकुम पूर्वमा बालीघरे प्रथा
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह

तपाईंले छुटाउनुभयो कि?