नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
६१ पटक हेरिएको
Shares
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु

सारांश

  • काठमाडौं ।
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ ।
  • कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो ।

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो ।

सहमतिको प्रयास असफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो । एमालेनिकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।

तर, सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको हो । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । जारी महाधिवेशनले अध्यक्ष, चारजना उपाध्यक्ष, १० जना सचिव र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ
अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ
संसदीय सुनवाई समितिमा ३ सदस्य चयन
संसदीय सुनवाई समितिमा ३ सदस्य चयन
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’
प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’
घरमा आमा बितिन्, किरिया महाकालीपारि
घरमा आमा बितिन्, किरिया महाकालीपारि