पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ५, २०८१
|
|
४४ पटक हेरिएको
Shares
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल

सारांश

  • पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।
  • एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहीबार बेलुकी भेटवार्ता गरेका हुन्।

पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहीबार बेलुकी भेटवार्ता गरेका हुन्। पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको विषयमा छलफल गरिएको छ।

एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहितको उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ।

करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल गरिएको छ। गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो
यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
हेर्नुहोस् पर्वतमा नक्कली नोटको विगविगी
हेर्नुहोस् पर्वतमा नक्कली नोटको विगविगी
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च
पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च

तपाईंले छुटाउनुभयो कि?