पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कामदार, कर्मचारीलाई सरकारले बढाएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
  • योसँगै सरकारले पत्रकारको मात्र न्यूनतम पारिश्रमिक तोक्न पाउने भएको हो ।

काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कामदार, कर्मचारीलाई सरकारले बढाएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

योसँगै सरकारले पत्रकारको मात्र न्यूनतम पारिश्रमिक तोक्न पाउने भएको हो । अन्य कामदार, कर्मचारीका हकमा सर्वोच्चको अर्को आदेश नआएसम्म सञ्चारमाध्यमले नै तोक्न पाउने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने अन्य कामदारका हकमा न्यूनतम पारिश्रमिक कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

‘श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी सोको कार्यान्वयन गर्ने विषयबाहेक राष्ट्रिय मिडियाका श्रमजीवी कामदार कर्मचारी र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको समेत न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वयन गर्ने सम्बन्धी काम कारवाही प्रचलित कानूनी व्यवस्थाको सन्दर्भमा विचारणीय देखिएको छ’ आदेशमा भनिएको छ ।

इमेज च्यानल प्रालिका मोहनचन्द्र सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यमका काम गर्ने कामदारलाई सरकारले पारिश्रमिक तोक्न नपाउने उल्ल्ेख गर्दै निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
राजपा नेतालाई उपेन्द्र यादवको चुनौती- आरोप पुष्टि गर, नभए माफी माग
राजपा नेतालाई उपेन्द्र यादवको चुनौती- आरोप पुष्टि गर, नभए माफी माग
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
तुइन तरेको एक सय रुपियाँ
तुइन तरेको एक सय रुपियाँ
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
नेविसंघमा चुलियो विवाद
नेविसंघमा चुलियो विवाद
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?

तपाईंले छुटाउनुभयो कि?