भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र

सारांश

  • काठमाडौं ।
  • भारतीय राज्य उत्तराखण्डको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन्।
  •  केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुर्दा १९ जना बेपत्ता भएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्पकरसिंह धामीले बताए।

काठमाडौं । भारतीय राज्य उत्तराखण्डको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन्। केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुर्दा १९ जना बेपत्ता भएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्पकरसिंह धामीले बताए।

पहिरोमा नेपालीले सञ्चालन गरेको एउटा ढावा ९होटल० पनि बगाएको छ। केदारनाथ यात्रामा रहेका यात्रीहरु खाना खाने बेला पहिरो गएको बताइएको छ।

पहिरोमा परेर कर्णाली प्रदेश घर भएका हरि बहादुरसहित उनको परिवारका सदस्य बेपत्ता भएका छन्। उनले पहिरो गएको ठाउँमा होटल सञ्चालन गरेका थिए। पहिरोमा परेर हरि बहादुरसहित उनका छोरा बीर बहादुर, पत्नी सुमित्रा, छोरी निशा पनि बेपत्ता भएका छन्।

जिल्ला विपत् प्रबन्धन अधिकारी नन्दन सिंह जरवारलाई उद्धृत गर्दै भारतीय पत्रिका जागरणले लेखेअनुसार हरि बहादुरको होटलमा खाना खान आएका कर्णालीको जुम्ला घर भएका मुन बहादुर बुढा र उनका छोरा धर्मराज बुढा पनि बेपत्ता भएका छन्। यस्तै, जुम्ला नै घर भएका लाल बहादुर कामी, चन्द्र कामी, सुखराम राउत र उनका छोरा जोरा राउत पनि बेपत्ता भएका छन्।

नेपाली नागरिक मानबहादुर बोहरा, उनका छोरा अमर बोहरा, श्रीमती २६ वर्षीया अनिता बोहरा, छोरी १४ वर्षीया राधिका बोहरा, छोरी ८ वर्षीया पिंकी बोहरा, छोरा ७ वर्षीया पृथ्वी बोहरा र छोरा ६ वर्षीया जटिल बोहरा पनि बेपत्ता भएका छन्। उनीहरूको नेपालको स्थानीय ठेगाना भने खुलेको छैन।

गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको विषयमा समन्वयका लागि गृहले परराष्ट्रलाई अनुरोध गरेको हो।

स्थानीय हिलवाणी न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै गृहले खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

(https://fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?