इटाली र नेदरल्याण्ड विश्वकपको क्वाटरफाईनलमा, जापान र चीन बाहिरिए
सारांश
- एजेन्सी ।
- एसियाली फुटबलको पावर हाउस जापान महिला विश्वकपबाट बाहिरिएको छ ।
- नेदरल्याण्डसंग २–१ गोल अन्तरले पराजित हुँदै जापान प्रतियोगिताबाट बाहिरिएको हो ।
एजेन्सी । एसियाली फुटबलको पावर हाउस जापान महिला विश्वकपबाट बाहिरिएको छ । नेदरल्याण्डसंग २–१ गोल अन्तरले पराजित हुँदै जापान प्रतियोगिताबाट बाहिरिएको हो । खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै डच टोली अन्तिम ८ मा पुगेको हो ।
खेलको १७ औ मिनेटमा नेदरल्याण्डले खेलमा अग्रता लिएको थियो । लिटके मार्टेन्सले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएकी थिईन् । ४३ औ मिनेटमा हसेगावाको गोलबाट जापान खेलमा फर्किएको थियो ।
खेलको अन्तिम मिनेटमा मार्टेन्सले पेनाल्टीमा गोल गर्दै विश्वकपमा एसियाली पावर मानिने जापानको चुनौती समाप्त पारिन् । नेदरल्याण्डले अब सेमिफाईनल प्रवेशका लागि ईटालीसंग प्रतिस्पर्धा गर्नेछ । इटाली चीनलाई २–० गोल अन्तरले पराजित गर्दै इटाली क्वाटरफाइनल पुगेको हो । इटालीको जितमा भालेन्टिना गियासिन्टी र अरोरा गालीले एक एक गोल गरिन् ।
प्रतिक्रिया