बिरामी बोक्न स्टे«चर अभाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
बिरामी बोक्न स्टे«चर अभाव

सारांश

  • अर्घाखाँची, २० भदौ ।
  • शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो ।
  • स्टे«चर नभएकाले मान्छे खोजेर डाडीमा बोकी उपचार गर्न लगिएको उनका बुबा पीताम्बर राउतले बताउनुभयो ।

अर्घाखाँची, २० भदौ । शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो ।

स्टे«चर नभएकाले मान्छे खोजेर डाडीमा बोकी उपचार गर्न लगिएको उनका बुबा पीताम्बर राउतले बताउनुभयो । मनिसरा मात्र हैन उहाँजस्तै सयौँ महिलाको हालत उस्तै छ । कैयौँ महिला, बालबालिका तथा वृद्धवृद्धाले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । यहाँबाट भालुवाङ नजिक पर्छ तर सडक नजोडिएकाले जलुके हँुदै भालुवाङ जान समस्या भएको छ ।

यातायातको समस्याले यहाँका मानिसको उपचारमा कठिन भएको छ । बिरामी तथा सुत्केरी स्वास्थ्य संस्थामा लैजान डोलीमा बोक्नुपर्छ ।

भौगोलिक दृष्टिकोणले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शीतगंगाका सिद्धारा, सिमलपानीलगायत क्षेत्रमा पर्ने वडाका बासिन्दा पनि स्वास्थ्यसंस्था तथा यातायातको असुविधाको अभावमा सामान्य उपचार पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिसमेत बिरामीले पाउन सकेका छैनन् ।

सूचना, सञ्चार तथा यातायातको पहुँच पुग्न नसकेको यस क्षेत्रका बिरामीले समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    निमा लामा

    ? Kamaal? Post? hai

    ? GF/BF sey nahi Milna Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? Jani Like BaCk B Kia Kro Shikhar News
    ? Bot Used By निमा लामा
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

    Comment Author

    Ghanashyam Adhikari

    यो समाचार कुनै नोलो होईन यस्ता अनेकोै समस्या बाट यो छेत्रका बासिन्दा पिडित छन जब जब चुनाव आउछ हरेक राजनितिक दलका नेता आउछन् जन्ताको भोट लिसके पोछि त्यसठाउको कुनै मतलव नै हुदैन त्यसैले सरोकारवालाको विशेष ध्यन जान जरूरि छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?