किटिनीमा चिया खेती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
४६ पटक हेरिएको
Shares
किटिनीमा चिया खेती

सारांश

  • म्याग्दी ।
  • म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ ।
  • मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो ।

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो ।

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार आठ सय चियाका बिरुवा रोपिएको जानकारी दिए । “बाँझो पाखो खनजोत र मल हालेर चियाका बिरुवा रोपिएको हो,” उनले भने, “बाँझो जमिनको सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चिया बगान स्थापना गरिएको हो ।”

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को ल्वाङ गाउँबाट बिरुवा ल्याएर किटिनिमा रोपिएको हो । समुन्द्र सतहदेखि एक हजार ८०० मिटरको उचाइएमा रहेको डाडाँगाउँको हावापानी र भूगोल अनुकूल भएकाले चियाखेतीको परीक्षण गरिएको वडाध्यक्ष बुढाले बताए।

किटिनीकै जस्तो हावापानी, भूगोल र उचाइ भएको ल्वाङको चियाखेती सफल भएको छ । चियाखेतीका लागि मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा पाँच लाख विनियोजन गरेको थियो । सो बजेटबाट बिरुवा, मल खरिद, तारबार र जग्गा खनजोत गरिएको छ ।

गोरक्ष आधारभूत र अमरज्योति माविको कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि चियाको बिरुवा रोप्न श्रमदान गरेका थिए । एक सयजना विद्यार्थीले दुई दिन चियाको बिरुवा रोप्ने काम गरेका थिए । वडा कार्यालय परिसरमा रहेको पाखोमा चियाको बगान तयार पार्न फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले पनि काम गरेको थियो । म्याग्दीमा हाल कुनै पनि ठाउँमा चिया खेती भएको छैन् ।

अन्नपूर्ण गाउँपालिकाको खिवाङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एकयाप०ले बीस वर्षअघि स्थापना गरेको चिया बगान संरक्षण र उपभोग अभावमा अस्तित्वमा छैन् । चिया खेती सफल भएमा निजी जग्गामा पनि विस्तार गर्ने योजना रहेको वडाध्यक्ष बुढाले बताए । पहाडको शिरमा भिराखो पाखोमा अवस्थित किटिनीबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा हिमाल, पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको अवलोकन गर्न सकिन्छ ।

चियाबारीको पृष्ठभूमिमा हिमालको अवलोकन गर्न पर्यटक भित्र्याउन सकिने सम्भावना छ । चिया बिक्री गरेर आयआर्जन र रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
बाख्रापालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आले
बाख्रापालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आले
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
कुलमानको कमाल : एकै वर्षमा प्राधिकरणको घाटा ६ अर्बले घट्यो
कुलमानको कमाल : एकै वर्षमा प्राधिकरणको घाटा ६ अर्बले घट्यो
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन