बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
सारांश
- काठमाडौँ ।
- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ ।
- एशोसिएसनका महासचिव खम्बबहादुर खातीले एक विज्ञप्ति जारी गर्दै अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने काम दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने हुनाले न्याय सम्पादनमा कुनै हस्तक्षेप नगर्न आग्रह गरिएको छ ।
काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ ।
एशोसिएसनका महासचिव खम्बबहादुर खातीले एक विज्ञप्ति जारी गर्दै अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने काम दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने हुनाले न्याय सम्पादनमा कुनै हस्तक्षेप नगर्न आग्रह गरिएको छ ।
बारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका माग लिएर १५औँ पटक अनशन शुरु गरेका डा गोविन्द केसीको स्वास्थ्यलाई ध्यानमा राखी उहाँको जीवनरक्षामा ठोस निर्णय लिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
त्यसैगरी बारले आफ्ना छोरा कृष्णप्रसादको हत्या भएकामा न्यायका लागि पछिल्लो पटक ३७ दिनदेखि अनशन बस्दा गंगामाया अधिकारीको स्वास्थ्यावस्था नाजुक बन्दै गएकाले निजको बाँच्न पाउने अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ । त्यस्तै सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न पाउनुपर्ने माग पनि गरिएको छ ।
प्रतिक्रिया