तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

सारांश

  • धनगढी, २४ भदौ ।
  • कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।
  • खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

धनगढी, २४ भदौ । कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।

खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर प्रदान गर्ने व्यवस्था गरेको छ । तर आर्थिक अवस्थाका साथै शिक्षा दिनुपर्छ भन्ने चेतना कतिपय परिवारमा नहुँदा अझै पनि विद्यालय पढ्ने उमेरका कतिपय बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

आर्थिक समस्याका साथै, बसाइँसराइ गरिरहने, कामको खोजीमा बाहिरिने विपन्न समुदायका केही परिवारका बालबालिका विद्यालयको पहँुचमा आउन नसकिरहेको जिल्ला शिक्षा अधिकारी मानसिं विष्टले बताउनुभयो ।

कैलाली जिल्लालाई चालु शैक्षिक शत्रभित्र साक्षरता जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशत साक्षरता नाघेको हुनुपर्ने बताइन्छ ।

बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउन शिक्षा कार्यालय, विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँदै आएको भए पनि यी अभियान केवल औपचारिकतामा मात्रै सीमित हुने गरेको कतिपयको भनाइ छ ।

सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नसक्नुमा विद्यालय, शिक्षक, अभिभावक, समाजसेवी र राजनीतिक नेता कार्यकर्ता सबै जिम्मेवार रहेकाले सरोकारवाला सबैले गम्भीर बन्न जरुरी रहेको पञ्चोदय उच्च माविका प्राचार्य पदमसिं कुँवर बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?