वडा अध्यक्ष निलम्बित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
वडा अध्यक्ष निलम्बित

सारांश

  • सप्तरी, २२ मंसिर।
  •  राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ ।
  • विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठह¥याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज नगर्न उक्त इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो ।

सप्तरी, २२ मंसिर। राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ । विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठह¥याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज नगर्न उक्त इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कसुरदार ठहर गरी कारवाही गरेपछि विशेष अदालतले छ महीना कैद र रु १५ हजार जरिवाना गर्नुपर्ने फैसला गरेकाले यो निवेदनको किनारा नलागेसम्म वडाध्यक्षको हैसियतले कुनै काम नगर्नू÷नगराउनू । ” स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा तोकिएबमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने गाउँपालिकाका वडाध्यक्ष पदमा कार्यरत व्यक्ति राष्ट्रसेवकको परिभाषाभित्र पर्ने देखिएको र भ्रष्टाचार निवारण ऐनमा कुनै राष्ट्रसेवकमाथि सोही ऐनको दफा ३६ बमोजिम भ्रष्टाचारको कसुरमा मुद्दा दायर भएमा त्यस्तो मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था भएको न्यायाधीश तीलप्रसाद श्रेष्ठको आदेशमा उल्लेख छ । उक्त आदेशमा विपक्षी वडाध्यक्षलाई १५ दिनभित्र जवाफ पेश गर्न पनि भनिएको छ ।

यसअघि सवइञ्जिनीयरका लागि चाहिने न्यूनतम योग्यता पास नगरी नक्कली प्रमाणपत्र पेश गरेर यादवले जिल्ला शिक्षा कार्यालयमा सवइञ्जिनीयरमा नियुक्ति लिई छ वर्षभन्दा बढी समयदेखि राज्यलाई ठगी गर्दै आएका थिए । इजलास अधिकृत प्रभाकरकुमार मल्लिकका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले यादवद्वारा पेश गरिएको शैक्षिक प्रमाणपत्र विश्वविद्यालयबाट जारी नभएको पुष्टि गरेपछि यादवमाथिको अभियोग प्रमाणित भएको हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले दारुको नसामा लोकतन्त्र दरवारमा लगेर बुझाइदिए :रामचन्द्र पौडेल
देउवाले दारुको नसामा लोकतन्त्र दरवारमा लगेर बुझाइदिए :रामचन्द्र पौडेल
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ
जेठ २ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको शुभ अंक
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु
सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने
वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी

तपाईंले छुटाउनुभयो कि?