गौचनका हत्यारा पत्ता नलागे आन्दोलन गर्ने घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
गौचनका हत्यारा पत्ता नलागे आन्दोलन गर्ने घोषणा

सारांश

  • भक्तपुर, असोज २४ – नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ ।
  • यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा महासचिव देउजाले बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने बताउनुभयो ।
  • अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नंबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको बताउँदै उहाँले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

भक्तपुर, असोज २४ – नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा महासचिव देउजाले बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने बताउनुभयो ।

अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नंबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको बताउँदै उहाँले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हत्यामा संलग्न पक्राउ नभएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव हामी बुझ्दैनौँ ।”

(fisheries.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?