आईजिपीको सरुवा गृहमन्त्रीद्धारा रद्द
सारांश
- काठमाडौं ।
- प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गरेको सरुवा गृहमन्त्री जनार्दन शर्माको दबाबमा रद्द गरिएको छ ।
- अर्यालले धुनषामा मिरा चौधरीलाई पठाइएकोमा कांग्रेस नेता बिमलेन्द्र निधीको दबाबमा गृहमन्त्री शर्माले उक्त सरुवा रद्द गरी चक्र बहादुर सिंहलाई धनुषामा लगेका छन् ।
काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गरेको सरुवा गृहमन्त्री जनार्दन शर्माको दबाबमा रद्द गरिएको छ । अर्यालले धुनषामा मिरा चौधरीलाई पठाइएकोमा कांग्रेस नेता बिमलेन्द्र निधीको दबाबमा गृहमन्त्री शर्माले उक्त सरुवा रद्द गरी चक्र बहादुर सिंहलाई धनुषामा लगेका छन् ।
चुनावको बेला आफुले जे भने त्यही मान्ने प्रहरी अधिकृतलाई निधिले धनुषा लगेका हुन् । एसपी चौधरीले निष्पक्ष भएर काम गर्ने भएकाले निधिले कुनै पनि हालतमा उनलाई धनुषा जान नदिएका हुन् । चर्का कुरा गर्ने गृहमन्त्री शर्मा समेत लाचर बनेका छन् ।
यसले प्रहरीमा हुने चरम राजनीतिक हस्तक्षेपलाई प्रष्ट पारेको छ । चौधरीलाई धनुषा पठाउन नसकेपछि आईजिपीले अमेरिका तालिममा पठाउने भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया