यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)

सारांश

  • काठमाडौं – धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।
  • फाउण्डेशनले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गदैं नेपाल भित्रको नेपाल नमुना नेपालको अवधारणा सार्वजनिक गरेको छ ।
  • फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे ।

काठमाडौं – धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । फाउण्डेशनले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गदैं नेपाल भित्रको नेपाल नमुना नेपालको अवधारणा सार्वजनिक गरेको छ । फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे ।

फाउन्डेसनले सबै समुदाय, जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने पनि स्पष्ट पारेको छ । फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपणी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

फाउन्डेसनले यस अघि भूकम्प अति प्रभावित काभ्रेस्थित पाँचखाल डाँडागाउँमा, सिन्धुपाल्चोकको गिरानचौरमा र मुसहर बस्ती महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती बनाईसकेको छ ।नमुना नेपाल देश भरीका सम्पुर्ण जातजातीहरुको सांस्कृतीक प्रतिनिधित्व हुने गरी निर्माण गरिने र प्रत्येक जातजातीको एक गरीब र पिछडिएको परिवार छानेर बस्तीमा ल्याईने बताईएको छ । कार्यक्रममा नमुना नेपाल कस्तो बन्नेछ भन्ने एनिमेटेड भिडियो समेत देखाईएको थियो । भिडियो देखाईसकेपछि बोल्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले भने ‘आज हामी अरुको देशमा बनेका यस्ता संरचनाहरु देखेर तारिफ गरिरहेका छौं, एकदिन बिश्वभरीका मानिसहरुले यसैगरी भन्नेछन् हामीले पनि नेपालमा बनेको नमुना नेपाल हेरेर आयौं भनेर ।’

कार्यक्रममा बस्तीका बारेमा बोल्दै उनले भने ‘आज विश्वभरीबाट लाखौं पर्यटक नेपाल आउँछन् । सबैजना नेपालको सबै ठाउँ पुग्न नसक्लान तर म किटानका साथ भन्न सक्छु, नमुना नेपालमा सत प्रतिशत पुग्नेछन् ।’ बस्ती नमुना र साँच्चिकै पर्यटकिय स्थल बन्ने बताउदै उनले यस परियोजना नेपाली मन र नेपाली धनले बिकसित नेपाल बनाउन सकिन्छ भन्ने उदाहरण समेत नमुना नेपाल हुने धारणा राखे । आफुले प्रतिष्ठित ब्यत्तिहरु संगको भेटमा कति बर्षमा देश बन्छ भनेर सोध्दा दिने उक्तर सधै १० देखी १५ बर्ष हुने गरेको सुनाउँदै उनले भने ‘१० बर्षमा बन्ने भनेको देश खै त बनेको ?’ कार्यक्रममा उनले देश बिकाशका लागि ईच्छाशक्ति, दृढसंकल्प र ईमान्दारीता चाहिने बताउदै सबैले साथ दिए सबैको प्रतिनिधित्व हुने गरी नमुना नेपाल जसरी भएपनि बनाईछाड्ने धारणा राखे ।

कार्यक्रममा उनले सरकारले जग्गा उपलब्ध गराईदिने भनेको बताउदै यदि सरकारले जमिन उपलब्ध नगराएको खण्डमा पनि आफुहरुले नमुना नेपाल निर्माण गरिछाड्ने अडान समेत प्रस्तुत गरे । सहयोगीहरुको बारेमा बोल्दै उनले भने ‘हामीलाई अहिलेसम्म जतिपनि नेपाली सहयोगी मनहरुले बिश्वास गर्नुभएको छ, त्यो हाम्रो निश्पक्ष र ईमान्दारी कामका लागि बिश्वास गर्नुभएको हो ।’ ‘नेपालमा ३ करोड भन्दा बढी जनसंख्या छ, यदि प्रतिब्यक्ति २०० रुपैया मात्र पनि उठ्यो भने ६ अर्व रकम संकलन हुन्छ’ सहयोग जुटाउने सन्र्दभमा उनले भने ‘अहिले पनि बिदेशी भुमिमा ४० देखी ४५ लाखको हाराहारीमा नेपालीहरु छन्, उहाँहरुले प्रतिब्यक्ति नेपाली २ हजार मात्र सहयोग गर्नुभयो भने ८ देखी ९ अर्व सहयोग उठ्छ, हामीलाई त जम्मा ५ अर्व त चाहिएको हो नि ।’ यो परियोजना हरेक नेपालीको सपना भएको बताउदै उनले सहयोग उठ्नेमा आफु आशावादी रहेको बताए ।

नमुना नेपाल कहा बनाउने टुङ्गो नलागेपनि फाउण्डेशनले बताए अनुसार पर्यटकहरुलाई मध्यनजर गदैं काठमाण्डौं, ललितपुर, काभ्रे, भक्तपुर, मकवानपुर वा तराई हिमाल र पहाड सबैलाई पाएक पर्ने हिसावले निर्माण गर्ने छ । यस परियोजनाका लागि सरकारले ५०० देखी १००० रोपनी जग्गा उपलब्ध गराउने र नगराएको खण्डमा पनि फाउण्डेशन आफैले भएपनि निर्माण गरेरै छाड्ने बताएको छ । यस परियोजना निर्माणका लागि ५ अर्व अनुमानित रकम रहेको छ ।

यस कार्यका लागि फाउण्डेशनलाई भौतीक पुर्वाधार तथा आर्थिक साहायताका लागि नेपाल सरकारले समेत सहयोग गर्ने बताएको छ । तर यसका लागि आवश्यक पर्ने लागत अनुमानित रकम भने फाउण्डेशनले सहयोग संकलन गर्ने छ । बस्ती सुरु गरेको २ देखी ४ बर्षमा सम्पन्न गर्ने र गज्ज जमिनको अवश्था हेरेर मात्र समय निर्धारण गर्न सकिने फाउण्डेशनले बताएको छ ।

नमुना नेपाल पर्यटकिय स्थल संगै एउटा अनुसन्धान केन्द्र समेत बन्ने फाउण्डेशनले बताएको छ । यस बस्तीमा नेपालमा भएका सम्पुर्ण कुराहरु समावेस गरिनेछ । बस्ती एउटा कम्पाउण्ड भित्र बन्नेछ भने त्यहि भित्र हिमाल, पहाड र तराईको अनुभुती गर्न पाईनेछ । पहाडी बस्तीमा बिभिन्न जातजातीका सांस्कृतिक, धार्मिक केन्द्रहरु र पहाडमा हुने सबैकुराहरु देख्न हेर्न र महशुस गर्न सकिनेछ । त्यस्तै तराई भागमा जनकपुर, सप्तरी लगायतको भुगोल, वातावरण, रहनसहन, धर्म, संस्कृतिलाई हुवहु देख्न पाईनेछ । तराईमा रेल सेवा र पर्यटकहरुका लागि बस्ने बास समेत निर्माण गरिनेछ । त्यस्तै हिमालमा हिउँको अनुभव गर्न पाईनेछ भने हिँउ खेल्न समेत सकिनेछ ।

बस्ती भित्र सांस्कृतिक संग्राहालय, कलाकारीताका ईतिहाँस र जान्न बुझ्न चाहाने हरुका लागि कला संग्रहलय, रिंग रोड र त्यसमा रेल, बस सेवा, भत्किएको धरहराको सम्झनामा पुरानै शैलीको भ्यु टावट धरहरा निर्माण हुनेछ । नमुना नेपाल नेपाल भरी छरिएर रहेका सम्पुर्ण जातजातीहरुको एउटा केन्द्र बिन्दु हो । जसमा गएपछि नेपाल यति हो भनेर भन्न सजिलै सकिनेछ । यस बस्तीको औचित्व भनेको पर्यटकका लागि वन सर्ट मा नेपाल चिनाउने, जिवन्त नेपाल देखाउन, सहिष्णुता समृद्धिको मार्गमा लैजाने सुखद सन्देश प्रवाह गर्न र बिधार्थिहरुका लागि एउटा अनुसन्धान र नेपाल भरीका कुराहरु जान्न र बुझ्नका लागि हो ।

धुर्मुस सुन्तली फाउण्डेशनको अवधारणा प्रस्तुती कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब दिनेश कुमार थपलिया, पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशी, समाज कल्याण परिषदका सदस्य, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, नेपाल बैंकर्स एसोसियनका अध्यक्ष तथा मेघा बैंकका सिईओ अनिल केसरी शाह तथा कलाकारहरु मदनाकृष्ण श्रेष्ठ, राजेश हमाल, विल्सान बिक्रम राई, गायक प्रमोद खरेल, नायिका करिष्मा मानन्धर लगायतको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?