उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा चौधरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा चौधरी

सारांश

  • बर्दिया ।
  •  उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्ष पदमा विरबहादुर चौधरी (विरु) विजयी भएका छन् ।
  • संयुक्त समावेशी व्यवसायीक प्यानल तर्फका अध्यक्ष देवेन्द्र पाण्डेलाई ४३ मतले पछि पार्दै चौधरी अध्यक्ष पदमा विजयी भएका हुन् ।

बर्दिया । उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्ष पदमा विरबहादुर चौधरी (विरु) विजयी भएका छन् । संयुक्त समावेशी व्यवसायीक प्यानल तर्फका अध्यक्ष देवेन्द्र पाण्डेलाई ४३ मतले पछि पार्दै चौधरी अध्यक्ष पदमा विजयी भएका हुन् ।

साझा समावेशी व्यवसायीक प्यानलबाट चौधरीले ५२७ मत प्राप्त गरे । प्रतिद्वन्द्वी पाण्डेले ४८४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिराम काफ्लेले बताए । २० पदको लागि मंगलबार भएको निर्वाचनबाट ८ पदाधिकारी र ६ सदस्य गरी १४ पदमा चौधरीको प्यानल विजयी भएका छन् ।

समितिका अनुसार प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी, दृतीय उपाध्यक्ष मनोज कुमार यादव, तृतीय उपाध्यक्ष अजित राजभण्डारी, महासचिव शिवहरी पौडेल, सचिव पुष्कर सापकोटा, कोषाध्यक्ष गंगा पोखरेल र सहकोषाध्यक्षमा मोहित पौडेल विजयी भएका हुन् ।

त्यस्तै सदस्यहरुमा नरेश कुमार खत्री, सुरेश पौडेल, सुरेन्द्र प्रसाद वगाले पौडेल, केशवप्रसाद रिजाल, कृष्णप्रसाद मैनाली, सरला केसी, दिनेशकुमार यादव, मनिस गुप्ता, संगिता महतरा, कृष्ण ढकाल, सकिल अहमद सिद्धिकी र मीनबहादुर खत्री विजयी भएका छन् ।

उद्योग वाणिज्य संघ गुलरियामा १ हजार २ सय ९ सदस्य मध्ये १ हजार १ सय मत खसेको थियो । जसमध्ये ५७ मत बदर भएको थियो । जिल्लाका व्यापारीको हकहित र व्यापार प्रर्वद्धनका लागि नयाँ अवधारण सहित काम गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?