बुटवल–वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
३१ पटक हेरिएको
Shares
बुटवल–वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

सारांश

  • बुटवल ।
  • बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
  • बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं.

बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।

यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ ।

केबुलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केवलकारको लम्बाई २ दशमलव छ किलोमिटरको हुनेछ ।

केवलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ ।

व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब रु पाँच अर्ब लगानी भएको छ । जसमा केवलकार, क्यासिनोसहितको एक सय ५० कोठाको पाँच तारे होटल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केवलकार निर्माण गरिएको हो । केवलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ । केवलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।

(https://harborviewloft.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु
२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा,  यि हुन योजनाकार
सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा, यि हुन योजनाकार
हालसम्मकै उच्च कोरोना पुष्टि
Online Slots Online Spielautomaten 1500 Bonu
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो

तपाईंले छुटाउनुभयो कि?