मध्यरातमा प्रधानमन्त्री र प्रचण्डबीच विशेष छलफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मध्यरातमा प्रधानमन्त्री र प्रचण्डबीच विशेष छलफल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड गएराति साँढे ११ बजे महाराजगञ्ज अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
  • भेटमा दुवै नेताबीच ओलीको स्वास्थ्य अवस्था, सरकार र पार्टी संचालनबारे छलफल भएको बुझिएको छ ।
  • ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्दाको घाउ निको भएपछि केही तंग्रिएपछि प्रचण्ड भेटका लागि राति ढिलो पुगेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड गएराति साँढे ११ बजे महाराजगञ्ज अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा दुवै नेताबीच ओलीको स्वास्थ्य अवस्था, सरकार र पार्टी संचालनबारे छलफल भएको बुझिएको छ ।

ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्दाको घाउ निको भएपछि केही तंग्रिएपछि प्रचण्ड भेटका लागि राति ढिलो पुगेका थिए । स्रोतका अनुसार दुवै नेताबीच उपनिर्वाचनको परिणामबारे समिक्षा भएको थियो । छ महिनाको योजना बनाएर देशव्यापी सक्रियता बढाउनेबारे छलफल भएको बुझिएको छ ।

दुवै नेताबीच साँढे ११ देखि साँढे १२ बजेसम्म कुराकानी भएको थियो । प्रचण्डले छिट्टै पार्टीको बैठक डाक्नेबारे समेत जानकारी गराएका थिए । उपनिर्वाचनपछिको राजनीतिक परिस्थितिबारे समिक्षा गर्न बैठक बस्ने सहमति समेत बनेको छ ।

प्रचण्डसँग ओलीले स्वास्थ्य अवस्थाबारे पनि कुराकानी गरेका थिए । ओलीले आफू ठिक भइसकेको र छिट्टै काममा फर्कने बताएका थिए । उनले आइतबार साँझ दशरथ रङ्गशालामा भएको साग खेलकुदको प्रत्यक्ष प्रसारण पनि हेरेका थिए ।

स्रोतका अनुसार ओलीले चिकित्सकको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्नेबारे पनि अगाडि बढ्नसक्ने जानकारी गराएका थिए । प्रचण्डले केही सुझावहरु दिएको बुझिएको छ । प्रचण्डले ओलीलाई स्वास्थ्यमा ध्यान दिन भन्दै पार्टीलाई बलियो बनाएर लैजान आफू कटिवद्ध भएर लागेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिस एसइई पोखराको ताज युजिनलाई
मिस एसइई पोखराको ताज युजिनलाई
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
चीनलाई बिआइएको १ लाख मास्क सहयोग
चीनलाई बिआइएको १ लाख मास्क सहयोग
अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति

तपाईंले छुटाउनुभयो कि?