बडादसैँको टीकाको शुभसाइत ११ः५५ मा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • बडादसैँको टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
  • ‘पूर्वतिर फर्किएर टीका लगाउँदा राम्रो हुन्छ,’ समितिका अध्यक्ष रामचन्द्र गौतमले भने ।
  • सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

बडादसैँको टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । ‘पूर्वतिर फर्किएर टीका लगाउँदा राम्रो हुन्छ,’ समितिका अध्यक्ष रामचन्द्र गौतमले भने । सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ । पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा मठमन्दिर र शक्ति पीठका लागि १ करोड १६ लाख ५२ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको थियो । तर, यस वर्ष १ करोड २२ लाख ३५ हजार २० रुपैयाँ विनियोजन गरेको कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिए । विनियोजित बजेटको ७० प्रतिशतभन्दा धेरै रकम दसैँको पूजाआजा र बलिका लागि मात्र खर्च हुने गरेको छ । सरकारले हरेक वर्ष पूजा र बलिका लागि पाँच प्रतिशतले रकम बढाउने गरेको छ ।

शक्तिपीठमा पूजा सामग्री
सरकारले २ सय ६९ शक्तिपीठ तथा मन्दिरमा बजेट विनियोजन गरी पूजा सामग्री पठाउने गरेको छ । गोरखा दरबार, नुवाकोट दरदबार, हनुमान ढोका दरबार, पाटन दरबार, पाटन कुमारी मन्दिर, दक्षिण मन्दिर र पाँचखालको भवती मन्दिरलगायतमा पूजा सामग्रीसहित पशुबलि पठाइनेछ । यस्ता पीठहरूमा चोखा राँगा, भेडा, बोका, हाँस, कुखुरा बलि दिइन्छ । बलि दिने पशु सबै सबलांग हुनुपर्ने नियम छ । बलि दिने जनावरको आँखा, कान, खुट्टा, खुरलगायत सबै अंग सकुशल हुनुपर्र्ने निरौलाले बताए । शक्तिपीठ र मन्दिरमा २ सय १६ प्रकारका पूजा सामग्री प्रयोग हुँदै आएका छन् । जसमा धुप, बत्ती, चन्दन, फूल, प्रसाद दियोबत्तीलगायत सामग्र्री प्रयोग हुन्छन् । शक्तिपीठ र मन्दिरमा पूजा सामग्री मल्लकालदेखि नै पठाउने गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?