आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला

सारांश

  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन गठित दुई आयोगका काम तार्किक निष्कर्षमा नपुगे समाज पुनः द्वन्द्वतिर धकेलिने खतरा औँल्याएका छन्।
  • मंगलबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिने शान्ति प्रक्रियाको मुख्य कार्यभार पूरा नभए समाज पुनः द्वन्द्वतिर धकेलिने सम्भावना रहेको बताए।
  • विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुगेको दिन पारेर सिटौलाले शान्तिप्रक्रिया र चुनावी सन्दर्भहबारे पत्रकारसँग अन्तर्क्रिया गरेका थिए।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन गठित दुई आयोगका काम तार्किक निष्कर्षमा नपुगे समाज पुनः द्वन्द्वतिर धकेलिने खतरा औँल्याएका छन्।

मंगलबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिने शान्ति प्रक्रियाको मुख्य कार्यभार पूरा नभए समाज पुनः द्वन्द्वतिर धकेलिने सम्भावना रहेको बताए।

विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुगेको दिन पारेर सिटौलाले शान्तिप्रक्रिया र चुनावी सन्दर्भहबारे पत्रकारसँग अन्तर्क्रिया गरेका थिए।

माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सिटौलाले दलहरूबीच भएका ‘लिखित अलिखित समझदारी’ लाई तार्किक निष्कर्षमा पुर्‍याई समाजमा दीर्घकालीन शान्ति स्थापना गर्ने कार्यभार बाँकी रहेको बताए। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पनि आसन्न निर्वाचनमा आफू विजयी हुनुपर्ने उनको जिकिर छ।

‘शान्ति प्रक्रियामा संलग्न राजनीतिक दलले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा प्रश्न र शंका नउठ्ने गरी यो विषय टुंग्याउनुपर्छ’, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबीच क्षेत्रधिकार लगायतका विवाद देखिएकोबारे पत्रकारको प्रश्नमा सिटौलाले भने, ‘सबै दलहले गम्भीरतापूर्वक विचार गर्नुपर्छ। यो प्रक्रिया सही निष्कर्षमा पुगेन भने समाज द्वन्द्वतिर धकेलिने सम्भावना छ।’ शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दलले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

द्वन्द्वपीडितलाई न्याय दिन क्रियाशील आयोगकाको काम टुंग्याउन सजिलो नभएको तर्क गर्दै सिटौलाले त्यहाँ पनि आफ्नो भूमिका चाहिने बताए। ‘आयोगसँग सम्बन्धित ऐन कानुनदेखि धेरै कुरामा बहस देखिएको छ, दुनियाँको चासो छ’, उनले भने, ‘यी आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ भन्ने मलाई लाग्छ।’ द्वन्द्वपीडितलाई न्याय र समाजमा पुनः हिंसा प्रतिहिंसा तथा बदलाको भाव नहुने गरी दुबै आयोगको निष्कर्ष आउनुपर्ने बताउँदै उनले त्यसका लागि आफू संसदमा आउनुपर्ने दावी गरे। ‘जे समझदारीसहित स्वर्गीय गिरिजाप्रसाद कोइराला र प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर गर्नुभयो, त्यसलाई इमान्दारिताकासाथ निष्कर्षमा पुर्‍याउनुपर्छ’, उनले भने, ‘त्यसका लागि पनि म संसदमा आउनुपर्छ भन्ने मेरो दाबी छ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narottam Lal Maskey

    Baasi vaat ra tailye garny kasm tyi ho kina ki cong ko sakuni ko kaam xaina.Cong biganye chamchaa giri le ho.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइईको नतिजा आज सार्बजनिक हुँदै
एसइईको नतिजा आज सार्बजनिक हुँदै
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
अर्थमन्त्री खतिवडाले विदाइ गरे पाकिस्तानी प्रधानमन्त्रीलार्इ
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
२ घण्टा प्रधानमन्त्रीलाई कुर्नुपर्दा…
२ घण्टा प्रधानमन्त्रीलाई कुर्नुपर्दा…
अालेख: कामरेड ! दशैंको शुभकामना दिँउ वा श्राप ?
अालेख: कामरेड ! दशैंको शुभकामना दिँउ वा श्राप ?
छुवाछुतमुक्त नगरपालिका घोषण हुने
छुवाछुतमुक्त नगरपालिका घोषण हुने
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !