संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र

सारांश

  • काठमाडौं, २५ बैशाख ।
  • राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
  • राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको सांसद दुर्गा पौडेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै संघीयता खारेजीको माग गरेको हो ।

काठमाडौं, २५ बैशाख । राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको सांसद दुर्गा पौडेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै संघीयता खारेजीको माग गरेको हो ।

ज्ञापनपत्रको पूरा

“सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपालको राजनीतिक इतिहासमा गएको एक दशक महत्वपूर्ण राजनीतिक घटनाहरु भएको दशक बन्यो । यो दशकमा माओवादीको सशस्त्र द्वन्दको समापन, ०६२÷६३ को संयुक्त जनआन्दोलनको सफलता, संविधान सभाको निर्वाचन, दोस्रो संविधान सभाद्वारा संविधानको लेखन, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र हालै राज्यका तीनवटै तहको निर्वाचन सम्पन्न भयो । केन्द्र र ६ वटा प्रदेशहरुमा बामपक्षीय गठबन्धनका सरकारहरु बनेका छन् । यी सरकारहरुलाई हाम्रो पार्टीले समर्थन गरेको छ । तपाई नेपाल सरकारको प्रधानमन्त्री हुनु भएको छ । तपाईलाई हार्दिक बधाइ तथा शुभकामना छ ।

गत प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बामपक्षिय गठबन्धन बन्यो । त्यो गठबन्धन र राष्ट्रिय जनमोर्चाका बीचमा कतिपय स्थानमा चुनावी तालमेल पनि भयो । राष्ट्रिय जनमोर्चा र बामपक्षिय गठबन्धनका बीचमा गणतन्त्र, राष्ट्रियताको रक्षा र समृद्ध नेपालको निर्माणमा समान धारणा रहेका छन् । दुवै पक्षका निर्वाचन घोषणापत्रहरुमा ती कुराहरु उल्लेख गरिएको छ । नेपाल धर्म निरपेक्ष राज्य हुने कुरामा पनि हामी एकै ठाउ“ थियौं र छौं । यसैको आधारमा जनताले बामपक्षिय गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी बनाएका छन् । त्यसकारण, बामपक्षिय गठबन्धनका सरकारहरुले गणतन्त्र र राष्ट्रियताको रक्षा, देशको समृद्धि र समाजवाद उन्मुख अर्थात् प्रगतिशील नीति र कार्यक्रम बनाई काम गर्ने बेला आएको छ । यसको निम्ति राष्ट्रिय जनमोर्चाको सहयोग रहने छ ।

उपरोक्त उल्लेख्य ऐतिहासिक सफलता प्राप्त गर्न हामीले संगीन चुनौतीका बीचमा काम गर्न परेको थियो । राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना ग¥यौं । संविधानसभाको निर्वाचन ग¥यौं । पहिलो संविधान सभा असफल भयो । दोस्रो संविधान सभाको निर्वाचन गरी त्यसद्वारा संविधान लेखन सफल भयो । यो संविधान तुलनात्मक रुपले सही छ । यसलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो । तर, संविधानमा संघीयता, नागरिकता सम्बन्धी कमजोर व्यवस्था र तराईका जिल्लाहरु मात्र समावेश गरी २ नं. प्रदेशको निर्माण गर्नु गम्भीर गल्ती भएका छन् । नागरिकता सम्बन्धी कमजोर व्यवस्था, २ नं. प्रदेशको निर्माण र मधेशवादको नाउ“मा विखण्डनकारी गतिविधिहरु पनि संघीयताको आधारमा भएका छन् । संघीयता हाम्रो देशको आवश्यकता होइन । यसले नेपाल र नेपालीको हित गर्दैन । जनजाति, मधेशी र गरीब जनताको लागि संघीयता भनेर प्रचार भएको छ । त्यो सही होइन । संघीय राज्य व्यवस्था हाम्रो जस्तो देशमा सफल हु“दैन । हामीले यसलाई धान्न पनि सक्दैनौं । त्यसका दुर्भाग्यपूर्ण परिणामहरु पनि देखा पर्दै गएका छन् । यिनलाई समयमै सच्च्याइएन भने यसबाट राष्ट्रियता तथा राष्ट्रिय एकता कमजोर हुने, राष्ट्र विखण्डन हुने, सार्वभौमसत्ता तथा विकास निर्माण कुण्ठित हुने र अन्ततः नेपाल राष्ट्रको विघटन अर्थात् भारतीय संघमा विलय हुने खतरा छ । त्यसकारण संघीयता खारेज गर्नुको अर्को विकल्प हामीस“ग छैन । संघीयतालाई खारेज गरी व्यापक प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्नु पर्दछ ।

तपाईलाई संविधान निर्माणको क्रममा देखा परेका गम्भीर प्रकृतिका कुराहरु पनि यहाँ स्मरण गराउन चाहन्छौं । संघीयता नेपालको राजनीतिको प्रजातान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै एजेण्डा बनेको थिएन । पश्चिमा साम्राज्यवादी र छिमेकी देश भारतको विस्तारवादी नीति र योजना अनुसार नेपालको अन्तरीम संविधानलाई संशोधन गरी संघीयता प्रवेश गराईको हो । तात्कालिन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको सुरक्षाको लागि उत्तरको सिमाना हिमालयसम्म पु¥याउन चाहन्थे । त्यही मार्गदर्शन अनुसार भारतीय विस्तारवादले आफ्नो उत्तरी सानो छिमेकी देश सिक्किमलाई भारतीय संघमा विलय गराइयो । नेपाललाई पनि भारतीय संघमा विलय गर्न चाहन्छ । त्यसको लागि भारतले नेपालमा सिक्किमीकरण र भुटानीकरणको नीति अपनाएको छ । त्यो संघीयतास“ग जोडिएर बहुराष्ट्रवाद, मधेशवाद, क्षेत्रीयतावाद, साम्प्रदायिकता, जातिवाद, आत्मनिर्णयको अधिकार, जातीय अग्राधिकार, एक मधेश एक प्रदेश जस्ता घातक र अवाञ्छित मुद्दाहरुले नेपालको राजनीतिमा प्रवेश पाए । हामीले यिनीहरुलाई अस्वीकार गर्दै दृढतापूर्वक संघर्ष ग¥यौं । सत्ता पक्ष वा विपक्षका दलहरुको पनि पछिल्लो समयमा ती मुद्दाहरु विरुद्ध अडान रह्यो । यी कुराहरुलाई हाम्रो संविधानले अस्वीकार गरेको छ । यो नेपाली जनता र राष्ट्रवादी राजनीतिक दलहरुको ठूलो विजय हो । तर भारतीय विस्तारवाद र मुठ्ठीभर मधेशवादीहरुले संघीयताबाट मात्र चित्त बुझाएनन् । उनीहरुले नेपाललाई बहुराष्ट्रिय देश घोषणा गरी त्यस सिद्धान्तको आधारमा मधेशवाद स्थापित गराउने चाहना थियो । अनि आत्मनिर्णयको अधिकार सहितका प्रदेशहरु निर्माण गर्ने र सम्पूर्ण तराई मधेशलाई एउटा वा दुईवटा मधेश प्रदेश बनाई तराईलाई सिंगो नेपालबाट अलग गर्ने योजनाका साथ उनीहरुले कार्य गरे । त्यो मधेश प्रदेश अन्ततः भारतीय संघमा सामेल गराउने बृहत डिजाइन नेपाली राजनीतिमा कुनै गुप्त कुरा थिएन र छैन । त्यसैले नेपालको नया“ संविधानलाई भारतीय विस्तारवादले स्वीकार गरेन । त्यसका विरुद्ध भारतले कथित दुई राष्ट्रवादको वकालत गर्ने पृथकतावादीहरुलाई उक्साउ“दै ५ महिनासम्म नेपालमा नाकाबन्दी लगायो । द्विपक्षिय र अन्तर्राष्ट्रिय मंचहरुमा समेत भारतले नेपालको संविधानको विरोधमा अभियान चलायो । त्यति बेला पछिल्लो समयमा तपाई नै देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईले अडान लिनु भयो । भारतीय नाकाबन्दीको विकल्प खोज्दै चीनस“ग सम्झौताहरु गर्नु भयो । हामीले संघर्ष ग¥यौं । जनताले आफ्नो कष्टताका बाबजुद संघर्ष गरे र सरकारलाई साथ दिए । अन्ततः भारतीय विस्तारवाद नेपाली राष्ट्रवादी राजनीतिबाट परास्त हुनु प¥यो । भारतीय विस्तारवादका विरुद्ध नेपालको यो ऐतिहासिक विजय हो । तर यो विजयी अस्थायी हो । किनकी, भारतले अहिलेसम्म हाम्रो संविधानलाई स्वीकार गरेको छैन, एक स्टेप पछि हटेको मात्र हो । उसका आन्तरिक तिगडम जारी छन् । परिस्थिति आफ्नो अनुकूल बन्दा साथ त्यो फेरि आक्रमक बन्ने छ । त्यसैले यो संघीयता नेपालको लागि शीर माथि झुण्डिएको संगीन हो । कुनै पनि बेला त्यसबाट प्रहार हुन सक्दछ । त्यसकारण नेपाली शीरमाथिको यो संगीन हटाउन हामीले माग गर्दछौं ।

संघीयताको प्रभाव यहा“सम्म सीमित छैन । संघीयताको आडमा यो संविधानलाई च्यात्न चाहनेहरु बढी सक्रिय भएका छन् । संविधानले स्थानीय तहमा व्यवस्था गरेको अधिकार राम्रो छ । तर संघीयतावादी विशेष गरी मधेशवादीले केन्द्र र स्थानीय तहको अधिकार कटौती गर्दै प्रदेशमा केन्द्रित गर्न खोज्दैछन् । यसबारेमा हुने चलखेल वा संघर्षबाट धमिलो पानीमा माछा पार्न राजतन्त्रवादी, हिन्दूराष्ट्रवादी, क्रिश्चियनहरु पनि उदत्त रहेका छन् । भारतीय विस्तारवाद कै योजनामा बारम्बार संविधान संशोधन मार्फत् आफ्नो अभिष्ट पुरा गर्न प्रयत्न हुँदै आएको छ । त्यसको लागि एक पटक संविधान संशोधन भइ सकेको छ । दोस्रो पटक तपाईले समेत अडान लिनाले दोस्रो संविधान संशोधन असफल भएको हो । यी संशोधन भारतीय विस्तारवादको सेवाका लागि हुन भन्ने कुरा कुनै लुकेको कुरा होइन । यसप्रकारको कार्य आगामी दिनमा पनि हु“दै जानेछन् । कमजोर राजनीतिक नेतृत्व रहेको कुनै पनि बेला नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय अस्तित्व मै गम्भीर खतरा छ । यो खतराबाट मुक्ति पाउन समयमै संघीयताको खारेज गरौं ।

संविधान सभामा ६०१ जना सभासदहरु हुँदा त्यो संख्या बढी भयो भनेर जनताबाट ठूलो आलोचना भएको थियो । अहिले केन्द्र र प्रदेशमा ८८४ जना सांसदहरु छन् । ८ वटा सरकारका मन्त्रीहरु अलग्गै छन् । यिनको पारिश्रमिक, भत्ता र व्यवस्थापन गर्न ठूलो खर्च लाग्छ । भूकम्प पीडित, बाढी पीडित र अन्य उत्पीडित जनतालाई अहिलेसम्म पर्याप्त राहत र व्यवस्थापन हुन सकेको छैन । राजधानी लगायतका शहरका सडक मार्ग, खानेपानी, स्वास्थ्य सम्बन्धी उचित सेवा जनतालाई पुगेको छैन । राष्ट्रिय उद्योग व्यवसाय धरासायी भएका छन् । अर्थतन्त्र चौपट छ । मुख्य आयस्रोत रेमिट्यान्स हो । बजारमा तरलताको अभाव छ । यो स्थितिमा विकास निर्माणका कामहरु पनि कुण्ठित हुनेछन् । यो स्थितिमा सरकारले जतिसुकै राम्रो वा कुसल आर्थिक व्यवस्थापन गरे पनि संघीयताले हामीलाई अनावश्यक झमेला र बोझ थपिदिएको छ ।

संघीयता र यसले पैदा गरेको स्थितिप्रति व्यापक जनताको विरोध बढिरहेको छ । हामीले संघीयता खारेज गर्ने संघर्षको अभियान चलाइ रहेका छौं । बामपक्षिय गठबन्धनका अत्यधिक बहुमतसहित ताजा जनादेश प्राप्त संघीय र ६ वटा प्रदेश सरकारहरु बनेका छन् । अहिले तपाई शक्तिशाली प्रधानमन्त्री हुनु भएको छ । भारतीय विस्तारवादका विरुद्ध राष्ट्रियताको पक्षमा तपाईको नेतृत्वको पहिलाको सरकारले लिएको अडान स्वागत योग्य छ । तपाईले साहस गर्नुस्, संघीयता खारेज गरौं ¤ अन्यथा संघीयताले हाम्रो देशलाई खारेज गर्नेछ । त्यो दुर्भाग्यबाट नेपाल राष्ट्रलाई बचाऔं ।

प्रतिनिधि मण्डल
१. अध्यक्ष, चित्रबहादुर के.सी. ……………
२. उपाध्यक्ष मा. दुर्गा पौडेल …………..
३. सचिव, हिमलाल पुरी ……………
४. सदस्य, घनश्याम न्यौपाने …………..
५. मिना पुन, अध्यक्ष, अनेमसंघ …………..

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Jagat Thapa

    हरेक घट्नाले एउटा युग अन्त्य भएको इतिहास साची छ ।अब यो संघीयताले पनि एउटा ईतिहास साची बनाउने छ ।अन्त्यमा चित्र बहादुर के सि कै कुरा असल नेता देखि जनताले सम्झने छन।

    Comment Author

    Dipendra Yadav

    Kun gadha le kharej garcha heramla

    Comment Author

    Bhakta Bdr Sodari

    Kharej Gar

    Comment Author

    Rudra Ghimire

    Righty100%

    Comment Author

    मनि थुलुङ

    हैन यो कस्तो कम्युनिस्ट पार्टी पर्यो!!!

    Comment Author

    Krishna Raj Subedi

    उप प्र म पद मा वसिन्जेल बुढोलाई संघियता को याद भएन कि कसो?

    Comment Author

    Shrees Purna

    गलत

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?