गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन

सारांश

  • नवनियुक्त श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले निवर्तमान मन्त्री गोकर्ण विष्ट किन र कसरी असफल भए ?
  • भन्ने कुरा खुलासा गरेका छन् ।
  • मन्त्रालयमा पदभार गरेलगत्तै प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नवनियुक्त श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले निवर्तमान मन्त्री गोकर्ण विष्ट किन र कसरी असफल भए ? भन्ने कुरा खुलासा गरेका छन् । मन्त्रालयमा पदभार गरेलगत्तै प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘गोकर्ण विष्ट कसरी असफल भन्ने कुरा मलाई थाहा छ, उहाँ म्यानपावर सञ्चालकहरुको प्रभावमा पर्नुभयो । यो मन्त्रालयमा म्यानपावर व्यवसायीहरुले दादागिरी देखाए र दबदबा दिए । अब यहाँ उनीहरुको कुनै दबदबा हुँदैन् ।’

उनले म्यानपावर व्यवसायीहरुसँग आफूले रेमिट्यान्स भित्र्याउन सहकार्य गर्ने विश्वास दिलाए । तर, उनीहरको चाहनाअनुसार काम नगर्ने प्रतिबद्धता जनाए । उनले थपे,‘म सम्झौता गर्दिन् । गोकर्ण विष्टलाई जसरी आशा र भरोसा गरिएको थियो, आज उनीहरुले अयोग्य र असफल बनायो । म कम्तिमा त्यसो हुन दिन्न ।’

मन्त्री रामेश्वर राय यादवले नेपालका कोही पनि युवायुवतीलाई श्रमको लागि विदेश जान नपर्नेगरि काम गर्ने विश्वास दिलाएका छन् । प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

यादवले भने,‘नेपाली युवा जनशक्तिलाई देशको समृद्धिमा लगाउने हाम्रो तयारी छ । सकभर दक्ष जनशक्ति रोजगारीको लागि विदेश जान नपरोस् । आगामी दिनमा नेपाली युवायुवती रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउन चाहन्छु ।’

उनले अहिलेको परिस्थिति देश धान्न रेमिट्यान्सले ठूलो भूमिका खेलिरहेको सुनाए । मन्त्री यादवले भने,‘तर, मेरो विश्वास के छ भने त्यो रेमिट्यान्सको आशामा युवा जनशक्तिलाई विदेश पठाउनुभन्दा विदेशमा रहेका युवाहरुलाई नेपालमै उत्पादनको क्षेत्रमा लगाउनुपर्छ । रेमिट्यान्सभन्दा बढि हाम्रो उत्पादन बढ्छ । र, हामी समृद्ध हुन्छौं ।’

उनले आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै आफ्नो भूमिकामा खरो उत्रिने पनि विश्वास दिलाए । उनले आफूले आजको सपथग्रहण समारोहमा दौरा–सुरुवाल लगाउनुको कारणपनि खुलाए । उनकाअनुसार यो पोशाक नेपालको राष्ट्रिय पहिचान हो ।

(newsroompost.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?