जंगली हात्तीले घर भत्कायो, धानबाली पनि नोक्सान

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
जंगली हात्तीले घर भत्कायो, धानबाली पनि नोक्सान

सारांश

  • कञ्चनपुर, १५ असोज  ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउनाका साथै एक बिगाहा जग्गामा लगाएको आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ ।
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।
  • स्थानीय मुकेशबहादुर साउद, शेरबहादुर साउद, कृष्ण रावल, धुम्मन रानासहित आठजनाको एक बिगाहा खेतमा पाक्नै लागेको धानबालीमा पूर्णरुपमा नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

कञ्चनपुर, १५ असोज  ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउनाका साथै एक बिगाहा जग्गामा लगाएको आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।

स्थानीय मुकेशबहादुर साउद, शेरबहादुर साउद, कृष्ण रावल, धुम्मन रानासहित आठजनाको एक बिगाहा खेतमा पाक्नै लागेको धानबालीमा पूर्णरुपमा नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

हात्तीको बथान निकुञ्ज क्षेत्रमै भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?