नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
सारांश
- काठमाडाै, ३ असार।
- कपर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन भन्ने धारणा राखेका छन्।
- गैर आवासीय नेपाली संघ र एनआरएनए अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको शनिवार उदघाटन समारोहमा सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिएका हुन्।
काठमाडाै, ३ असार। कपर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन भन्ने धारणा राखेका छन्।
गैर आवासीय नेपाली संघ र एनआरएनए अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको शनिवार उदघाटन समारोहमा सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिएका हुन्।
‘हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौं’, मन्त्री अधिकारीले भने, ‘देश बनाउने क्षमता नेपालकोले मात्र पुग्दैन गैरआवासीय नेपालीहरुको सहयोग र सक्रियता पनि चाहिन्छ। अब तपाइँ यता (विदेश) र उता (नेपाल) बस्ने सवै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो। तपाइँहरु सबै धनी र सम्पन्न हुनु भयो तर देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न। त्यसैले देशलाई समृध्द बनाउने काममा हामी सबै लाग्नु जरुरी छ।’
वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रुपमा बस्ने नेपालीलाई भूतपुर्व नेपाली हुन् भनेको विषयप्रति अमेरिकाका नेपालीहरुले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीलाई यसबारे प्रश्न उठाएका थिए। यही क्रममा मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिएका हुन्।
‘सरकारले विदेशमा बस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रोसँग बुझेको छ’, मन्त्री अधिकारीले भने, ‘हामी संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रावधान प्रति प्रतिवद्ध छौं। यो आउने वर्षभित्र आवश्यक कानुन तयार भएर आउँछ।’
उनले सरकार एनआरएनलाई साथ लिएर हिड्न तयार रहेको पनि स्पष्ट पारे।
नेपाली जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा बस्ने नेपालीलाई पूर्व नेपाली भनेकोमा आपत्ति जनाउँदै सरकारको धारणा राख्न भनेका थिए। सहभागीहरुले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए।
पूर्व परराष्ट्र तथा अर्थ मन्त्री डा.प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रकृयाबाट उपयोग गर्ने यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताए। पूर्वमन्त्री डा.लोहनीले देशको स्वतन्त्रता, नेपालमा भएका मानवअधिकारका हनन जस्ता विषयमा पनि आवाज उठाएर विदेशमा बस्ने नेपालीले विगतमा पनि दवाव दिदै आएको र आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने उल्लेख गरे।
पूर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले नेपाली कुनै पद होइन जुन पूर्व र वर्तमान हुन सकोस् यो त भावना र संस्कृति भएकाले कानूनी जस्तो हैसियत फेरिने कुरा नभएकाे उल्लेख गरे। अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले सम्बोधनका क्रममा आफू अमेरिकाको अस्थायी राजदुत भएको तर यहाँ बस्ने गैरआवासीय नेपालीहरु स्थायी राजदुत भएको जनाए।
एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावनाअनुसार बढ्ने बेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको हामीले अनुभुति गरेका छौं भन्ने धारणा राखे। ‘नेपाल समृद्धितर्फ अघि बढिरहेको छ। यसमा हामी विदेशमा बस्नेहरुले पनि आफ्नो भूमिका खोजेर सहयोगी बन्नु पर्छ’, उनले भने, ‘नेपाललाई समृध्द बनाउन देशभित्रको स्रोत साधनले मात्रै पुग्दैन त्यसैले बाहिरको प्रविधि र स्रोत साधन भित्र्याउन सक्नुपर्छ। नेपालमा विदेशी लगानी भित्र्याउनका लागि धेरै देशहरुसँग द्वैध कर सम्झौता लगायतका सन्धिहरु गर्नु आवश्यक छ।’
कार्यक्रमलाइ सम्बाेधन गर्दै एनअारएनएका पूर्व अध्यक्ष एवं संरक्षक जीवा लामिछानेले राज्यको जिम्मेवार व्यक्तिबाट गैरआवासीय नेपालीप्रति लक्ष्यित अभिव्यक्ति नआएको भए हुन्थ्यो तर एक जना मन्त्रीबाटै यस्तो अभिव्यक्ति आयो भन्दैमा चिन्ता पनि नगर्नु अाग्रह गरे। ‘संविधानले नै हाम्रा हक अधिकारको संरक्षण गरेको छ’, उनले भने।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका कृष्ण लामिछाने जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदी एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले अमेरिकाका उपाध्क्ष उमाकान्ति थापाले पनि सम्बोधन गरेका थिए। अमेरिकाजका क्षेत्रीय संयोजक गौरी जोशीको सभापतित्वमा भएको उद्घाटन समारोहमा अमेरिकाका अध्यक्ष डा केशव पौडेलले स्वागत र आइसिसि सदस्य डिल्ली भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शनिवार दिनभर ३० जना विज्ञले शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, समाजिक क्षेत्र लगायतका विषयमा विदेशमा बसेर प्राप्त ज्ञानलाई कार्यपत्रका रुपमा प्रस्तुत गरेका छन्। नेपालले विदेशका नेपालीहरुले आर्जित यी दक्षता र क्षमतालाई कसरी नेपालीमा लैजान सकिन्छ यस विषयमा छलफलहरु भएकाे छ। शनिबार विज्ञ भेला समापन भएसँगै अाइतबार (अाज)आइतवार एनआरएनए अमेरिकाको सातौं बार्षिक साधारण सभा सुरू हुनेछ।
Netra Ghimire
लाल बावुलाई दिए दनक।
Tilak Raj Khanal
मान्छे भएर जन्मनु ठूलो होइन,मानव भएर जिउन सिक्नुस् ।
Nil Jaman
Timro tourist policy pani dekhayo kam chaina bhasan garay ra sarkhari bhansa khana saram gara kam result chaheyo