कांग्रेससँग १५ सिटमा तालमेल गर्ने बाबुरामको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेससँग १५ सिटमा तालमेल गर्ने बाबुरामको प्रस्ताव

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्ति पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराईले प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका छन् ।

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका छन् ।

डा. भट्टराई सोमबार तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ शक्ति पार्टीले एमाले-माओवादी गठवन्धनसँग प्रतिनिधिसभामा १५ र प्रदेशसभामा ३० सिट दावी गरेको थियो । तर, वाम गठवन्धनले नयाँशक्तिको प्रस्ताव अस्वीकार गरेपछि डा. भट्टराई कांग्रेससँग तालमेलको प्रयासमा जुटेका हुन् ।

तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका भट्टराईलाई कांग्रेस नेताहरुले सकारात्मक जवाफ दिएको नयाँ शक्तिको दाबी छ । कांग्रेस नयाँ शक्तिसँग तालमेलका लागि तयार रहेको भन्दै जित्ने निश्चित भएका निर्वाचन क्षेत्र प्रस्ताव गर्न कांग्रेस नेताहरुले डा. भट्टराईलाई सुझाएका छन् ।

गोरखा क्षेत्र नम्बर २ डा. भट्टराईलाई छाड्न कांग्रेस नेताहरु सहमत भइसकेका छन् । त्यस वापत एक नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सघाउने छ । गोरखा २ मा डा. भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठलाई एमालेको साथ रहने छ भने भट्टराईले कांग्रेसको साथ पाउने छन् ।

नयाँ शक्तिले प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना उम्मेदवारको मात्र नाम सार्वजनिक गरेको छ । ती क्षेत्रमा कांग्रेसले आफूलाई सघाउनुपर्ने नयाँ शक्तिको माग छ । स्रोतका अनुसार मंगलबार कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेलबारे ठोस छलफल गर्ने सहमति बालुवाटारमा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?