रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया

सारांश

  • लिगका तीन खेल, गोल गर्ने २३ वटा राम्रा मौका तर गोल शून्य ।
  • यो आँकडा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको हो ।
  • युरोपियन च्याम्पियन रियल मड्रिडमा ९ वर्षको बसाईपछि रोनाल्डो यो सिजन इटालियन च्याम्पियन युभेन्टस गए ।

लिगका तीन खेल, गोल गर्ने २३ वटा राम्रा मौका तर गोल शून्य ।

यो आँकडा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको हो । युरोपियन च्याम्पियन रियल मड्रिडमा ९ वर्षको बसाईपछि रोनाल्डो यो सिजन इटालियन च्याम्पियन युभेन्टस गए । ३३ वर्षका रोनाल्डोलाई युभेन्टसले ११२ मिलियन युरो तिरेर भित्र्याएको हो । रोनाल्डो आएपछि युभेन्टसको उत्साह सबैतिर बढेको छ ।

सामाजिक सञ्जालमा उसको फ्यान फलोइङ्ग तीब्र गतिमा बढेको छ । जर्सीको कारोबार उच्च भएको छ । तर रोनाल्डोका लागि भने युभेन्टसको यात्रा अहिलेसम्म उत्साहप्रद हुन सकेको छैन । न उनका फ्यानहरुका लागि नै ।औपचारिक प्रतिस्पर्धामा रोनाल्डोले सिरी ए बाट युभेन्टसमा डेब्यु गरे । तीन खेल भइसक्यो तर रोनाल्डोको नाममा पहिलो सिरी ए गोल दर्ता भएको छैन ।

एउटा गोल गरेका थिए, त्यसले मान्यता पाएन । एउटा गोलका लागि सहयोग गरेका छन् । र पनि रोनाल्डोको नाममा गोल अहिलेसम्म लेखिएको छैन ।रोनाल्डोलाई गोल मेसिनको रुपमा लिइने गरिएको छ । तर रोनाल्डोको गोल मेसिनमा खिया लागेर भएको जाम अहिलेसम्म खुल्न सकेको छैन । रोनाल्डोले युभेन्टसबाट एक गोल गरेका छन्, त्यो परम्परागत खेलमा हो ।सिजन सुरु हुनुअघि युभेन्टस बी सँगको खेलमा उनले युभेन्टसका लागि पहिलो गोल गरेका थिए । तर त्यसपछि प्रतिस्पर्धात्मक खेलमा उनको प्रहारले जाली चुम्न सकेको छैन।

विश्वकप फुटबलमा चार गोल गरेका रोनाल्डोले त्यसपछि भने गोल गर्ने लय लिन सकेका छैनन् । सिरी ए अन्तर्गत शनिबार राति रोनाल्डोको नयाँ टिम युभेन्टस यो सिजन बढुवा भएको पार्मासँग खेलेको थियो ।पार्माको मैदानमा भएको खेलमा युभेन्टसले जित निकाल्यो । लगातार तेस्रो जितका साथ युभेन्टस लयमा छ । पक्कै पनि रोनाल्डोको उपस्थिति युभेन्टसको जितमा महत्वपूर्ण छ । तर रोनाल्डो आफैले प्रत्यक्ष रुपमा जितको माध्यम बन्ने मौका भने अझै पाएका छैनन् ।

गोलको यो खडेरीले रोनाल्डोलाई असर गरेको छ होला । त्यो भन्दा बढी रोनाल्डोको म्याजिकल गोल हेर्नका लागि पर्खेर बसेका युभेन्टस फ्यानहरुको भने मन उत्साहित हुन सकेको छैन ।उनीहरुले हरेक खेलमा टिमको जित त पक्कै चाहेका हुन्छन्, त्यो भन्दा बढी रोनाल्डोको गोल हेर्ने इच्छा छ । यो इच्छा पूरा हुन कम्तिमा अझै एक खेल पर्खिनु पर्ने भएको छ ।

अर्थात अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि अब लिग खेल केही समयको ब्रेक लाग्दैछ । रोनाल्डो अन्तर्राष्ट्रिय ब्रेकबाट फर्किएपछि चम्किने आश युभेन्टसीहरुमा छ ।युभेन्टसका प्रशिक्षक मासिमिलियानो अलेग्रीले सिरी ए मा फरक खालको समस्या झेलिरहेको बताए । उनले भने, ‘उनले यहाँ (सिरी ए) भिन्न खालको समस्या भोगिरहेका छन्, तर उनको ओभरअल खेल राम्रो रह्यो । अन्तर्राष्ट्रिय ब्रेकले उनलाई तिखार्ने आश छ ।’

रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी रहेकाले जस्तोसुकै अवस्थामा गोल गर्न चाहनु स्वभाविक रहेको तर उनी शान्त रहनु पर्ने र त्यसपछि गोलको वर्षा हुने प्रशिक्षक अलेग्रीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
ट्राफिक नियमको पालना गर्न गृहमन्त्री थापको आह्वान
ट्राफिक नियमको पालना गर्न गृहमन्त्री थापको आह्वान
कांग्रेस नेता पौडेललाई लक्षित गरी बम प्रहार
कांग्रेस नेता पौडेललाई लक्षित गरी बम प्रहार
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
ट्राफिक प्रहरी नायव निरीक्षक  अख्तियारकाे फन्दामा
ट्राफिक प्रहरी नायव निरीक्षक अख्तियारकाे फन्दामा
यस्तो छ सोमबार बिदेशी मुद्राको बिनिमय दर
यस्तो छ सोमबार बिदेशी मुद्राको बिनिमय दर
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’