जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह

सारांश

  • तवन, १० कात्तिक  हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ ।
  • पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हँदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ ।
  • चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गर्दछ ।

तवन, १० कात्तिक  हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हँदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गर्दछ । धानलगायतका बाली खाएसँगै स्थानीयवासीले लखेट्ने क्रममा हात्ती उत्तेजित भई धनजनको क्षति पु¥याउँदै आएको छ ।

कँडेलका अनुसार राँको बालेर लखेट्दै जाने, छर्रा हान्ने, भाला हान्ने, होहल्ला गर्ने, निकुञ्जसँगै जोडेर छिरोलिएर बस्ती बस्ने, रात बिहानको समयमा एक्लै जंगलमा हिँड्नेजस्ता कार्य गर्दा हात्तीले आक्रमण गर्ने गरेको पाइन्छ । हात्तीलाई नजिस्काएर छाड्दा धानलगायतका बाली खाने भएपनि अन्य क्षति नहुने हुँदा नजिस्काउन र उत्तेजित नपार्न उहाँले आग्रह गर्नुभयो ।

जंगली हात्तीले निकुञ्ज जोडिएका नवलपरासीको नन्दपुर, सेरे, तमासपुर, चितवनको मेघौली, सौराहा, माडीको अयोध्यापुरी, गर्दी, सौराहाको हात्ती प्रजनन केन्द्र लगायतका क्षेत्रमा दुःख दिँदै आएको छ । एक÷दुई हँुदै बथानमा भाले जंगली हात्ती गाउँ पस्ने गर्दछ ।

कँडेलले बाली नास गरेमा क्षतिपूर्ति दिने व्यवस्था भएकाले हात्तीलाई नजिस्काएमा जनधनको कम क्षति हुने बताउनुभयो । निकुञ्ज भित्र हिउँदमा पानी र घाँसको अभाव भएसँगै जंगली हात्ती बस्ती पस्ने गर्दछ ।

निकुञ्ज आसपासका खरले छाएका झुप्रामा हात्तीले बढी आक्रमण गर्ने गर्दछ । ती घरमा राखिएका नून, मसला, तेल र धान हात्तीले खाने गर्दछ । सँगै हात्तीको सबैभन्दा बढी रोजाइ स्थानीय मदिरा हुने भएकाले त्यसको खोजीमा पनि हात्तीले मानिसलाई दुःख दिँदै आएको छ । निकुञ्ज आसपासमा एकीकृत बस्ती निर्माण गर्नसकेमा हात्तीको आक्रमण कम हुने पनि कँडेलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
तोडियो डा. केसीको अनसन…
तोडियो डा. केसीको अनसन…
‘आयोगको विज्ञापन संविधानको मर्मविपरित’
‘आयोगको विज्ञापन संविधानको मर्मविपरित’
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
हराएको पाँच दिनपछि शाक्यको शव फेला
हराएको पाँच दिनपछि शाक्यको शव फेला
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने
मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)

तपाईंले छुटाउनुभयो कि?