यस्तो छ शुक्रबारको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
२० पटक हेरिएको
Shares
यस्तो छ शुक्रबारको विनिमय दर

सारांश

  • काठमाडौं।
  • बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ ।
  • नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ ।

काठमाडौं। बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ ।

बिहीबार यस मुद्राको एकको खरिदर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा थियो । त्यसैगरी बिहीबार युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम भएको थियो भने आज एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो भने आज एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०३ र बिक्रीदर एक सय तीन रुपैयाँ ४९ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ १० पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २९ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विवादमा सर्वाेच्चमा सुनुवाइ सुरु
नागरिकता विवादमा सर्वाेच्चमा सुनुवाइ सुरु
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने
राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
जन्मदिनमा अस्पताललाई ५० लाख सहयोग
जन्मदिनमा अस्पताललाई ५० लाख सहयोग
३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित
३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
काङ्ग्रेस बैठक बस्दै
काङ्ग्रेस बैठक बस्दै
भरतपोखरीमा पढाइ उत्सवसम्पन्न
भरतपोखरीमा पढाइ उत्सवसम्पन्न

तपाईंले छुटाउनुभयो कि?