रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव

सारांश

  • काठमाडौं, १२ चैत ।
  • कुराभन्दा काममा विश्वास गर्ने र छिट्टै परिणाममुखी काम गर्ने नेताका रुपमा परिचित जनार्दन शर्मा प्रभाकरले आफ्नो चुनावी एजेण्डा कार्यान्वयनमा लागेका छन् ।
  • नेता प्रभाकरको पहल र स्थानीय तहहरुको लगानीमा रुकुमका सबै पालिकाहरुमा स्तरीय स्वास्थ्य ल्याव राख्ने तयारी भएको छ ।

काठमाडौं, १२ चैत । कुराभन्दा काममा विश्वास गर्ने र छिट्टै परिणाममुखी काम गर्ने नेताका रुपमा परिचित जनार्दन शर्मा प्रभाकरले आफ्नो चुनावी एजेण्डा कार्यान्वयनमा लागेका छन् । नेता प्रभाकरको पहल र स्थानीय तहहरुको लगानीमा रुकुमका सबै पालिकाहरुमा स्तरीय स्वास्थ्य ल्याव राख्ने तयारी भएको छ ।

अन्धकारमा बस्न विवश मुलुकवासीलाई उज्यालो नेपाल थमाइदिने उज्यालो नेपालका नायकका रुपमा समेत सुपरिचित नेता प्रभाकरको पहलमा रुकुमेली जनतालाई आफ्नै पालिकामा स्तरीय ल्याव सेवा प्रवाह होस् भन्ने हेतुले यस्तो कदम चाल्न थालिएको हो । जसअनुसार मुसीकोट नगरपालिकाका २ स्थानमा स्वास्थ्य ल्याव राख्ने तयारी भएको छ । त्यस्तै अन्य ५ पालिकाका एक÷एक स्थानमा ल्याव सेवा चाँडै सञ्चालनमा ल्याउने हिसावमा काम भइरहेको छ । मुसीकोटको सल्ले र झुल्खेतमा ल्याव सेवा राखिने छ । पश्चिम रुकुममा मुसीकोट, चौरजहारी र आठबीसकोट गरी ३ नगरपालिका तथा सानीभेरी, त्रिवेणी र बाँफीकोट गरी तीन गाउँपालिका रहेका छन् ।

छवटै पालिकामा स्थापना हुने ल्यावमा काम गर्ने प्राविधिकलाई तालिम दिइसकिएको छ । राजधानीको सम्यक डाइग्नोष्टिक प्रालिले ७ जना प्राविधिकलाई १ महिने निशुल्क तालिम दिएको छ । तालिम लिएका व्यक्तिहरुलाई बिदाइ गर्दै पूर्व ऊर्जामन्त्री प्रभाकरले गाउँमा गएर निजी स्वास्थ्य संस्थाहरुले जस्तै स्तरीय सेवा दिन निर्देशन दिएका छन् ।

चुनावमा आफू र पार्टीले अघि सारेका एजेण्डा कार्यान्वयन गर्ने क्रममा शर्माले स्वास्थ्यतर्फ यो पहिलो योजना कार्यान्वयन गर्न थालेको स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिए । प्राविधिक आफैले सामान लिएर जाने र लगत्तै सेवा शुरु गरिने जानकारी पनि कठायतले दिए ।

राजधानीका बिशेषज्ञको सहयोग लिइने
यसैबीच रुकुमका सबै पालिकामा स्थापना हुने स्वास्थ्य ल्यावमा आउने समस्या स्थानीयस्तरमै समाधान हुन नसके काठमाडौंमा रहेका बिशेषज्ञबाट पनि पनि सेवा लिने ब्यवस्था मिलाइएको छ । राजधानीको सम्यक डाइग्नोष्टिक प्रालिले गाउँबाट फोन वा इमेलमार्फत आउने समस्याको बिशेषज्ञबाटै समाधान खोज्ने गरी ब्यवस्था मिलाएको छ । जसका लागि प्रालिका अध्यक्ष केयोर गौतम सबै पालिकामा पुगेर सम्भाव्यता अध्ययन गरी फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?