नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने

सारांश

  • काठमाडौं ३,चैत।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि सरकारले सूचना प्रविधि विधेयक ल्याएको स्पष्ट पारेका छन् ।
  • बाँस्कोटाले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने स्पष्ट पारे ।

काठमाडौं ३,चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि सरकारले सूचना प्रविधि विधेयक ल्याएको स्पष्ट पारेका छन् ।बाँस्कोटाले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने स्पष्ट पारे ।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले साइबर सुरक्षासँग जोडर विधेयक ल्याइएको स्पष्ट पारेका हुन् । प्रविधिको विकाससँगै विकृति पनि आउने भएकाले त्यसको सही व्यवस्थापन मुख्य चुनौतिको विषय रहेको भन्दै उनले विधेयकबाट कोही पनि डराउनु वा आत्तिनु नपर्ने बताए ।

विद्युतीय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साईबर सुरक्षाको प्रबन्ध गर्नु तथा डिजिटल हस्ताक्षरसम्बन्धी नयाँ व्यवस्था सहितका कयौं राम्रा विषय विधेयकमा समावेश भएको मन्त्री बाँस्कोटाको दावी छ ।

उनले स्वतन्त्रताको कुरालाई सूचना प्रविधिसँग जोडेर भ्रम फैलाउने काम नगर्न पनि सचेत गराए । सामाजिक सञ्जाल र पत्रकारिताको विषय फरक भएकाले दुवैले आआफ्ना मूल्य, मान्यता र मापदण्डभित्र बस्नुपर्ने तर्क बाँस्कोटाको छ । विश्वव्यापी सञ्चालनमा आएका सामाजिक सञ्जालका कम्पनीहरु नेपालमा दर्ता नभए के गर्ने भन्ने प्रश्न गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले स्वतन्त्रताको नाममा कर छल्ने काम गर्न सरकारले नदिने बताए ।

कार्यक्रममा विज्ञहरुले विधेयकमा प्राविधिक विषयहरुमा व्याख्यासहित स्पष्ट बनाउन, प्रत्यायोजित अधिकार किटानी गर्न, प्राकृतिक न्यायको सिद्धान्त समावेश गर्न तथा सजाय र कारवाहीको व्यवस्थालाई परिमार्जन गर्न सरकारलाई सुझाव दिएका थिए ।

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन अवस्थामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत
शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सकिएन भरतपुर मुद्दाको सुनुवाई , भोलि पनि सुनुवाई हुने
सकिएन भरतपुर मुद्दाको सुनुवाई , भोलि पनि सुनुवाई हुने
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
राजधानीको सदाबहार सेक्स बजार, साँझ नपर्दै जाने हो भन्नेको भीड
राजधानीको सदाबहार सेक्स बजार, साँझ नपर्दै जाने हो भन्नेको भीड
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?

तपाईंले छुटाउनुभयो कि?