राजनीतिबाट सन्याल लिएको छैन : बिजुक्छे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राजनीतिबाट सन्याल लिएको छैन : बिजुक्छे

सारांश

  • काठमाडौं, १७ कार्तिक।
  • नेपाल मजदुर किसानका अध्यक्ष नारायाणमान बिजुक्छेंले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको बताएका छन्।
  • रफत सञ्चार क्बलद्वारा शुक्रवार (आज) आयोजित अन्तक्रिर्या कार्यक्रममा उहाँले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए ।

काठमाडौं, १७ कार्तिक। नेपाल मजदुर किसानका अध्यक्ष नारायाणमान बिजुक्छेंले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको बताएका छन्।

रफत सञ्चार क्बलद्वारा शुक्रवार (आज) आयोजित अन्तक्रिर्या कार्यक्रममा उहाँले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए । २०४८ सालको संसदीय चुनावदेखि निरन्तर रुपमा जित्दै आएको भक्तपुर -१ मा नेमकिपाले सुनिल प्रजापतिलाई उम्मेदवार बनाएपछि बिजुक्छेले राजनीतिक सन्यास लिएको अनुमान विभिन्न कोणबाट भएको थियो।  उनले नयाँ पुस्तापनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णयअनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए।

उनले नेपालको राष्ट्रिय राजनीतिले बाटो विराउँदै गएको वर्तमान अबस्थामा पाटी विस्तार भन्दा पनि आफू र आफ्नो पार्टीले सैदान्तिक र गुणात्मक बिषयको उठाउन गर्दै अग्रसरता जनाउँने बताए।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमिा सक्रियरुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) सत्ताका लागि मात्र गठबन्ध गरेको बताए। ‘यो गठबन्धन भित्र नै आन्तरिक कलह भैरहेकोले यसले दीर्घकालिन रुप लिन सक्दैन,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?