किन दिए संयोजक मिश्रले राजिनामा ?
सारांश
- काठमाडौं ।
- सरकारले गठन गरेको थिंक ट्याङ्कका संयोजक चैतन्य मिश्रले पदबाट राजिनामा दिएका छन् ।
- मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन ७ महिनाअघि गठित नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राध्यापक मिश्रले आफ्नै कारण देखाउँदै राजिनामा दिएका हुन् ।
काठमाडौं । सरकारले गठन गरेको थिंक ट्याङ्कका संयोजक चैतन्य मिश्रले पदबाट राजिनामा दिएका छन् । मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन ७ महिनाअघि गठित नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राध्यापक मिश्रले आफ्नै कारण देखाउँदै राजिनामा दिएका हुन् ।
प्राध्यापक मिश्रले गत वर्ष असोजमा गठन भएको ५ सदस्यीय प्रतिष्ठानमा लामो समय कर्मचारी, अनुसन्धाताको पदपूर्ति गर्न नसकिएको भन्दै राजिनामा दिएको बताएका छन् ।
३ वर्षे कार्यावधि रहेको प्रतिष्ठानमा कार्यालय स्थापना, कर्मचारी तथा रिसर्चर नियुक्तिको सरकारी प्रकृयामै अघिल्लो ४ महिना बिताएपछि गत फागुनबाट काम सुरु भएको थियो ।
प्रतिष्ठानमा प्रशासन व्यवस्थापनले अलिक बढी समय खायो, नयाँ अफिस खडा गर्न र रिसर्चर राख्नै समय लागेको बताए । अलिकति व्यवस्थित भएर फागुनदेखि मात्रै अनुसन्धानको काम थालिएको बताए ।
प्रतिक्रिया