प्रधानमन्त्री ओली अस्वस्थ, ३ दिन बेड रेष्ट गर्न सुझाव
सारांश
- प्रधानमन्त्री केपी ओली अस्वस्थ बनेका छन् ।
- उनलाई १ सय ३ डिग्री ज्वरो आएको छ ।
- श्रोतका अनुसार उनलाई छातीमा संक्रमण, रुघाखोकी ग्रसित प्रधानमन्त्रीलाई ज्वरो बढ्दै गएको हो ।
प्रधानमन्त्री केपी ओली अस्वस्थ बनेका छन् । उनलाई १ सय ३ डिग्री ज्वरो आएको छ । श्रोतका अनुसार उनलाई छातीमा संक्रमण, रुघाखोकी ग्रसित प्रधानमन्त्रीलाई ज्वरो बढ्दै गएको हो । उनको उपचारमा संलग्न चिकित्सकले उनलाई कम्तिमा ३ दिन बेड रेष्ट गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य अवस्था ठिक नभएकै कारण उनी नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममासमेत सहमागी हुन सकेनन्
दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार नेकपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतको उपस्थिति रहेको थियो ।
भारतस्थित अपोलो अस्पतालमा ११ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्।
प्रतिक्रिया