राजनीतिक समीकरण फेरिएपछि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७९
|
|
४२ पटक हेरिएको
Shares
राजनीतिक समीकरण फेरिएपछि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य

सारांश

  • काठमाडौं – नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ ।
  • ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सीटको कांग्रेस प्रतिपक्षमा पुग्यो ।
  • यसअघि एकीकृत समाजवादी छिरेको दावी गरेका दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेपछि सत्ताको पक्षमा ३३ सीट पुगेको छ ।

काठमाडौं – नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सीटको कांग्रेस प्रतिपक्षमा पुग्यो ।

यसअघि एकीकृत समाजवादी छिरेको दावी गरेका दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेपछि सत्ताको पक्षमा ३३ सीट पुगेको छ । सुरुमा कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो । तर राजनीतिक समीकरण फेरिएपछि पहिलो पार्टी कांग्रेस एकाएक सत्ता विमुख भयो ।

मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएर चुनाव लडेको माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग मिलेपछि केन्द्र सहित सातै प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरिएको हो ।

योसँगै गण्डकीमा डेढ वर्षअघि माओवादीकै कारण सत्ताच्युत भएको एमाले अहिले माओवादीकै साथले सत्तामा पुगेको छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् भने सोमबार नै थप ३ मन्त्रीको सपथ भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
Here are some inside pictures from Sonam Kapoor and Anand Ahuja’s fairy-tale wedding!
Here are some inside pictures from Sonam Kapoor and Anand Ahuja’s fairy-tale wedding!
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!
Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!
विश्वास नै नलाग्ने यस्तो चमत्कार, अन्तिम स्टेजमा पुगेको ब्रेम ट्यूमर यसरी ठिक भयो
विश्वास नै नलाग्ने यस्तो चमत्कार, अन्तिम स्टेजमा पुगेको ब्रेम ट्यूमर यसरी ठिक भयो
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”
पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै