चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो

सारांश

  • २६ कात्तिक, काठमाडौं ।
  • निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आज छलफल गर्दैछ ।
  • आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिहृन उठाइरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई डाकेको हो ।

२६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आज छलफल गर्दैछ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिहृन उठाइरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई डाकेको हो ।

निर्वाचन आयोगका आयोगका प्रवक्ता नवराज ढकालले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आयोगले आइतबार दिउँसो १ बजे छलफल गर्न लागेको जानकारी दिए ।

छलफलमा आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ ।

पछिल्ला केही दिनदेखि उम्मेदवारमाथि आक्रमणका प्रयासहरु भइरहेका छन् । शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो । त्यसको भोलिपल्टै शनिबार दिउँसो रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?