यसकारण अभिनेत्री उर्मिलाको बलिउड करिअर बर्बाद भयो
सारांश
- मुम्बइ।
- बलिउडमा कुनै समय अभिनेत्री उर्मिला मातोंडकरको चर्चा चौतर्फी थियो ।
- उनले आफ्नो करिअरको सुरुवात चाइल्ड आर्टिस्टबाट गरेकी थिइन् ।
मुम्बइ। बलिउडमा कुनै समय अभिनेत्री उर्मिला मातोंडकरको चर्चा चौतर्फी थियो । उनले आफ्नो करिअरको सुरुवात चाइल्ड आर्टिस्टबाट गरेकी थिइन् । उनको पहिलो फिल्म सन् १९८० मा आएको थियो जुन मराठी फिल्म थियो । सन् १९८१ मा फिल्म कलियुग मार्फत उनले बलिउडमा डेब्यु गरेकी थिइन् । उनलाई पहिलो सफलता भने फिल्म मासुमबाट मिलेको थियो । उनको त्यस फिल्ममा रहेको गीत लड्कीकी काठी, काठी पे घोडा आज पनि उत्तिकै चर्चामा रहेको छ ।
उर्मिलाले सन् २०१६ मा काश्मिरी व्यापारी तथा मोडल मोहसिन अख्तरसँग विवाह गरेकी थिइन् । उर्मिलाले गुपचुप विवाह गरेकी थिइन् । उर्मिला र मोहसिनको भेट कमन साथी मनिष मल्होत्राका कारण भएको थियो । मिडिया रिपोर्टका अनुसार उनको फिल्म निर्देशक राम गोपाल वर्मासँग लामो समय अफेयर चलेको थियो । राम गोपाल वर्माका फिल्महरुमा उनी नै प्राय प्रमुख रोजाइमा परेकी हुन्थिइन् । उनले प्राय धेरै फिल्महरु राम गोपाल वर्मासँगै नै गरेकी थिइन् ।
राम गोपाल वर्माका कारण उनलाई अरु फिल्म निर्देशकले उनलाई लिन चाहेनन् भन्ने हल्ला व्यापक फैलिएको थियो । केही समयपछि उनको बलिउड करिअर नै बर्बाद भएको थियो । बलिउडबाट हराएकी उनी केही रियालिटी सोको होस्टिङ गर्दै पनि देखिएकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया