एनआइसी एशिया बैंकको शाखा जुम्लामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
एनआइसी एशिया बैंकको शाखा जुम्लामा

सारांश

  • एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ ।
  • आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो ।
  • जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गर्नुभयो ।

एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो ।

जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गर्नुभयो । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाउनुभयो ।

न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताउनुभयो ।

बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एशिया बैंकको शाखासँगै जुम्लामा अब बैंकको सङ्ख्या १० पुगेको छ । नेपालभर १३५ शाखा विस्तार गरेको यो बैंकले जुम्लाका सबै स्थानीय तहमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?