​अब लोकमानलाई जोगाउन सकिदैनःओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ७, २०७३
|
|
१८७ पटक हेरिएको
Shares
​अब लोकमानलाई जोगाउन सकिदैनःओली

सारांश

  • काठमाडौं,  ७  कात्तिक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहले कार्कीले पदको दुरुपयोग गरेकाले अब उनलाई जोगाउन नसकिने बताएका छन् ।
  • कार्कीलाई महाअभियोग लगाउने प्रस्तावबाट आफुहरु कुनै पनि हालतमा पछि नहट्ने उनले स्पष्ट पारेका छन् ।
  • शनिबार बिहान आफ्नै निवास बालकोटमा बिद्यार्थी नेताहरुसँथको भेटमा उनले संसदको ब्याक गियर नभएकाले अब पछि नहट्ने बताए ।

काठमाडौं,  ७  कात्तिक
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहले कार्कीले पदको दुरुपयोग गरेकाले अब उनलाई जोगाउन नसकिने बताएका छन् । कार्कीलाई महाअभियोग लगाउने प्रस्तावबाट आफुहरु कुनै पनि हालतमा पछि नहट्ने उनले स्पष्ट पारेका छन् ।
शनिबार बिहान आफ्नै निवास बालकोटमा बिद्यार्थी नेताहरुसँथको भेटमा उनले संसदको ब्याक गियर नभएकाले अब पछि नहट्ने बताए । कार्कीले संविधान मिचेको ओलीको आरोप छ ।
धेरै लामो योजनापछि महाअभियोग प्रस्ताव आएके उनले बताए । ‘मेरै सरकारको पालादेखि नै महाअभियोग लगाउनेबारे छलफल भएको थियो,’उनले भने,‘कांग्रेसले पनि यसमा समर्थन गर्नैपर्छ । आवश्यकता र समयको मागभन्दा कोही जान सक्दैन । ’
लोकमानले पदको दुरुवपयोग गरी कतिपय कर्मचारीहरुलाई जर्बजस्ती फसाएको समेत ओलीले आरोप लगाएका छन् । बुधबार महाअभियोग प्रस्ताव दर्ता भएसँगै कार्की निलम्बनमा परीसकेका छन् । तर उनलाई जोगाउनका कांग्रेसका केही नेता र बिदेशी शक्तिकेन्द्र लबिङमा लागेका छन् । समानान्तर सत्ता चलाउने खोजेको र प्रतिशोधका आधारमा छानबिनको नाममा दुःख दिएको आरोप उनीमाथि लाग्दै आएको छ । उनको नियुक्ति विरुद्धको मुद्दा पनि सर्वाेच्च अदालतमा फैसलाको चरणमा छ ।

समिप गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Human Resources – Best Practices for people who do buiness Management
डा केसीलाइ मन्त्री बास्काेटाकाे जवाफ: सरकारी अड्डाहरु कसैको अनसन बस्ने ठाउँ होइनन्
भेनेजुएलाका राष्ट्रपतीलाइ डोनाल्ड ट्रम्प प्रशासनले मान्यता नदिने !
भेनेजुएलाका राष्ट्रपतीलाइ डोनाल्ड ट्रम्प प्रशासनले मान्यता नदिने !
प्रहरी जवानसहित तीनजना युवाको मृत्युले शोकमा गाउँ
प्रहरी जवानसहित तीनजना युवाको मृत्युले शोकमा गाउँ
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा
वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली
बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली
यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव
यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव