गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
१३३४ पटक हेरिएको
Shares
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर

सारांश

  • गीतकार तथा लोक सञ्चारकर्मी सुरज थापा मगर, विगत ५ बर्ष देखि व्यावसायिक गीत लेखनमा सक्रिय छन् ।
  • जयखानी–८, गुल्मीमा २०४४ सालमा पिता पुर्ण बहादुर थापा मगर र माता भिमा कुमारी थापा मगरको कोखमा जन्मेका उनले शिक्षा संकायमा नेपालीमा स्नातक गरेका छन् ।
  • एस.

गीतकार तथा लोक सञ्चारकर्मी सुरज थापा मगर, विगत ५ बर्ष देखि व्यावसायिक गीत लेखनमा सक्रिय छन् । जयखानी–८, गुल्मीमा २०४४ सालमा पिता पुर्ण बहादुर थापा मगर र माता भिमा कुमारी थापा मगरको कोखमा जन्मेका उनले शिक्षा संकायमा नेपालीमा स्नातक गरेका छन् । एस.एल.सी. दिए लगत्तै बुटवललाई अध्ययन संगै आफ्नो कर्म थलो बनाएका थापा मगर विगत ११ बर्ष देखि सञ्चार क्षेत्रमा पनि सक्रिय छन् । उनी मोफसलको राजधानी बुटवलमा बसेर व्यावसायिक रुपमा गीत लेखनमा लागेका छन् । गीतकार तथा लोक सञ्चारकर्मी सुरज थापा मगरसंग शिखर न्युज अनलाइनको लागी सहकर्मी अनु अर्पणले गरेको कुराकानीः–
लोक गीतमा कलम चलाईरहनु भएको छ । लोक गीतमा लेखकको लागि आर्थीक अवस्था कस्तो छ ?
लेख्ने काम–कर्म जारी छ । निरन्तर रही रहने छ । लेखनको कुरा गर्नु पर्दा पहिला म साहित्यको अन्य विद्या लेख्थे । अन्य विद्या खास्सै व्यावसायिक नभएको कारण, म गीत लेखनमा लागेको हो । मैले गीत लेखे बापतको पारिश्रमिक लिने गरेको छु । लेखेरै बाँच्न त गाह्रो छ । तर एक दिन पक्का गीत लेखेरै बाँच्न सकिन्छ भन्ने लाग्छ ।
कतिले त गीत लेख्ने अझ भन्नु पर्दा लोकगीत लेख्ने नि कलाकार हो भनिरहेका हुन्छन के भन्नु हुन्छ ?
लोक गीत लेख्ने नै हाम्रो देशको विशेष कलाकार हुन् । किनकि हरेक गीतको पृष्ठमुभि भनेको नै लोकलयमा आधारित हुन्छन् । जस्ले लोक गीत लेख्नेलाई कलाकार नै हैन भन्छन्, त्यो मान्छेले कहिल्यै पनि गीतको मर्म बुझ्न सक्दैन ।
धेरै अघि देखिको एउटा बहस छ, एउटा पक्षले भन्छ, साहित्य त्यही लेख्नुपर्छ जुन बजारले खोज्छ । अर्को पक्षले भन्छ, हामीले बजारले खोजेको होइन कि बजारलाई हाम्रो अनुकूल बनाउनुपर्छ ।तपाईंलाई कुन सही हो भन्ने लाग्छ ?
यस्तो बहस धेरै पहिले देखि नै चलिआएकै हो । ज–जसले जे भनेपनि साहित्य लेखन, गीत लेखन भनेको महत्वपुर्ण पाटो हो । हामीले समय अनुसार साहित्य वा गीत लेखनलाई अगाडी बढाउनु पर्छ । तर समसामियक भन्नुको अर्थ छाडा तथा अपज खालको सिर्जना हुनु भएन । आधुनिकरणको नाममा आफ्नो पृष्ठभुमि पनि बिर्सनु चै हुदैन ।
लेखकको दृष्टिकोणबाट वर्तमान समाजको गतिलाई कसरी नियालीरहनु भएको छ ?
अहिलेको समाज अलि अभद्र तरिकाले अगाडी बढेको हो कि भन्ने लाग्छ ? सव्य हुनु पर्छ भन्नुको अर्थ आज भन्दा सयौं बर्षको जस्तो हुनु पर्छ भन्ने पनि हैन । तर आधुनिकरणको नाममा असव्भ्य पनि हुनु भएन ।
नेपाली लोकगीत कुन अवस्थामा छ ?
नेपाली लोकगीत त अहिले अग्रस्थानमै छ । किनकि हरेक गीत बनाउनु भन्दा पहिले हरेक विद्याको गीतको आधार भनेको लोक लय नै हो ।
कतीवटा गीत बजारमा आए ?
अहिले सम्म मैले लेखेको १२ ओटा गीत सार्वजनिक भएको छ । अब छिट्टै ३ ओटा गीत आउने क्रममा छन् ।
किन गीतकार चै छाया मै रहन्छ उस्का कैयौ गीत चल्दा पनि ?
गीतकार भनेकै गीतको छायाँ हो । छायाँ खास्सै देखिदैन तर जब देखिन्छ त्यो छायाँलाई सबै हेर्न आतुर हुन्छन् । कुनै पनि गीत चल्दा गीतकार नचलेको हैन । गीतकारको नाम सञ्चारकर्मी र स्वय गायकले नै अगाडी लिन नचाहेका हुन् ।


एउटा गीतकार नै भएर बाँच्न कतिको सहज छ ?
सजह छ, तर बाँच्ने आधार बनाउनको लागि केहि सघर्ष गर्नुपर्छ । हरेक गीत बिक्ने गरी, हरेक शब्दलाई सुन्नै बित्तिकै म किन्छु भन्ने खालको सिर्जना गर्न सक्नु पर्छ । निरन्तर लागे सम्भव छ तर सोच व्यावसायिक हुनु पर्छ ।
सञ्चार क्षेत्रमा हुनुहुन्छ आँफैले पनि अरु श्रष्टाको गीत बजाउदा बिस्त्रितमा कतिको जानकारी गराउनुहुन्छ ?
म विगत ५ बर्ष देखि रुपन्देहीको मुर्गियामा रहेको रोडियो मलमला ८८.६ मेगाहर्जमा लोक भाकाको कार्यक्रम “लोक मञ्जरी” चलाउँदै आएको छु । मैले कुनै पनि गीत कार्यक्रममा बजाउनु भन्दा पहिला पुरै सुन्छु । गीत समाजमा पच्चे खालको छ भने बल्ल म त्यो गीतको पुर्ण जानकारी लिन्छु । जस्तै शब्द, लय, स्वर तथा कम्पनी प्रस्ट नभएको जति नै राम्रै गीत भएपनि म बजाउँदैन । किनकि त्यो गीत बजाउनु अर्थ छैन भन्ने लाग्छ ।
भन्छन् नि आँफै सञ्चारकर्मी हुँदा प्रमोट गर्न सजिलो हुन्छ ? कतिको सहि हो ?
सजिलो पनि हुन्छ, तर गाह्रो पनि छ । सजिलो यस अर्थमा कि हरेक मिडियामा बजाउन सजिलो छ । तर आफ्नै गीत आफ्नै कार्यक्रम धेरै बजाउन अप्ठेरो लाग्छ । स्रोताले रोजे भने त म बजाउँछु, तर आफ्नो गीत आफ्नै कार्यक्रम धेरै बजाउदैन ।

https://www.youtube.com/watch?v=cULi7VnGbN8
विवाहित स्रजकलाई प्रेम दिवसले असर गर्छ ? कि गर्दैन ?
विवाहित स्रजकलाई मात्र हैन कि सबैलाई प्रेम दिवसले असर गर्छ नि । म पनि अविवाहित हुदाँ बरु खास्सै फरक परेन तर विवाहित भएपछि भने प्रेम दिवसमा प्रपोज आउने गरेका छन् । हा…हा…हा…हा (लामो हाँसो) तर बिहेपछि सिरियस प्रपोज भने आएका छैनन् ।
अन्त्यमा के भन्नु हुन्छ ?
मेरो केहि विचार यहाँको अनलाइनमा राख्ने अवसर दिनु भएकोमा अनु जीलाई धेरै धेरै धन्यवाद ! र मेरा सम्पुर्ण स्रोता र दर्शकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । किनकि यहाँहरुको मायाँले निरन्तर रेडियोमा बोलिरहेको छु र गीत सिर्जनामा पनि निरन्तर लागिरहेको छु । सधै सबैको मायाँ पाइरहेको छु र पाइरहने छु । म सञ्चार र लेखनमा निरन्तर लागिरहने छु । यहाँहरुको मायाँ र साथ सधै रहिरहने छ ।

https://www.youtube.com/watch?v=q263VSYudh4

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?