अब एक व्यक्तिले दोहोरो उम्मेदवारी दिन नपाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
३८ पटक हेरिएको
Shares
अब एक व्यक्तिले दोहोरो उम्मेदवारी दिन नपाउने

सारांश

  • काठमाडौँ: विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ ।
  • व्यवस्थापिका-संसद्मा विचाराधीन सो विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो ।
  • सो दफामा भनिएको छ, ‘पहिलो निर्वाचित हुने प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ ।

काठमाडौँ: विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ ।

व्यवस्थापिका-संसद्मा विचाराधीन सो विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो । सो दफामा भनिएको छ, ‘पहिलो निर्वाचित हुने प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ ।’ एक भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने व्यक्तिको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नेछ ।

विभिन्न पार्टीका शीर्षनेताले एक क्षेत्रबाट पराजित भएमा अर्काे क्षेत्रबाट भए पनि विजयी हुन सक्ने ठानेर विगतमा दोहोरो उम्मेदवारी दिन पाउने व्यवस्था थियो तर एक व्यक्ति दुवै क्षेत्रमा विजयी भएमा एक क्षेत्रबाट राजीनामा गराई निर्वाचन आयोगलाई अर्काे निर्वाचन गराउनुपर्ने झन्झट थियो ।

यस्तै, प्रत्यक्ष प्रणालीतर्फका उम्मेदवारले समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश हुन पाउने छैन । समानुपातिकतर्फ एक उम्मेदवार एकभन्दा अन्य दलका तर्फबाट बन्दसूचीमा समावेश हुन पाउने छैन ।

प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन मनोनयन दर्ता गर्ने मितिसम्ममा र समानुपातिक प्रणालीतर्फ बन्द सूची पेश गर्ने मितिसम्ममा पच्चीस वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

संविधानबमोजिम वर्तमान संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म भएकाले तोकिएको समयभित्र निर्वाचन गराउन सरकारले यो विधेयक पेश गरेको हो ।

विधेयकको दफा ७२ मा दुवै प्रणालीमा हुने उम्मेदवारले निर्वाचनमा दलले खर्च गर्न पाउने रकमको हद आयोगले तोकी नेपाल राजपत्रमा प्रकाशन गर्ने प्रस्ताव गरेको छ ।

विधेयकमा निर्वाचनमा मतदाताले कुनै पनि उम्मेदवारलाई मत दिन नपाउने व्यवस्था पनि गरेको छ । यो व्यवस्था पहिलो पटक हुन लागेको हो । दफा ७६ मा भनिएको छ, ‘मतदाताले कुनै पनि उम्मेदवार वा दलप्रति समर्थन छैन (नन अफ द एभोव) भनी मतदान गर्न सक्नेछ ।

विधेयकमा मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान वा मतगणनास्थलको अनधिकृत कब्जा भएमा सम्बन्धित आयोगले मतदान केन्द्रको मतदान रद्द गरी पुनः मतदान गराउने उल्लेख छ ।

संविधानबमोजिम प्रतिनिधिसभाको २७५ सङ्ख्याका लागि १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट चयन हुनेछ । सरकारले संविधानबमोजिम नयाँ प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोगसमेत गठन गरिसकेको छ । सो आयोगले कार्यारम्भ भएको मितिले ४५ दिनभित्र प्रतिवेदन दिनुपर्ने छ ।

संविधानसभाबाट व्यवस्थापिका–संसद्मा रुपान्तरित हालको संसद् ६०१ सदस्यीय छ । संविधानसभाको निर्वाचनअघिको प्रतिनिधिसभामा २०५ सदस्यीय थियो ।

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
प्रधानमन्त्री ओली दोहामा
प्रधानमन्त्री ओली दोहामा
‘आगोको भुङ्ग्रोमाथिको अनौठो नाच’
‘आगोको भुङ्ग्रोमाथिको अनौठो नाच’
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन
इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन
राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने
राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार
काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार
बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?
बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?

तपाईंले छुटाउनुभयो कि?