प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
२३ पटक हेरिएको
Shares
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो

सारांश

  • अभिनेता राजेश हमालले फिल्म ‘प्रेगमीत ३’ नखेल्ने टुंगो लागेको छ ।
  • आइतबार बेलुका निर्माता कम्पनी आशुसेन फिल्मस र हमाल निकटवर्तीबीच छलफल भएको थियो ।
  • हमाल निकट श्रोतका अनुसार राजेशले फिल्म नखेल्ने निर्णय गरेका हुन् ।

अभिनेता राजेश हमालले फिल्म ‘प्रेगमीत ३’ नखेल्ने टुंगो लागेको छ । आइतबार बेलुका निर्माता कम्पनी आशुसेन फिल्मस र हमाल निकटवर्तीबीच छलफल भएको थियो । हमाल निकट श्रोतका अनुसार राजेशले फिल्म नखेल्ने निर्णय गरेका हुन् । निर्माता सन्तोष सेनले पनि सेड्युल नमिलेको भन्दै फिल्म खेल्न हमालले नमानेको कुरा बताए ।

‘दुई महिनापछि अहिले आएर फिल्म खेल्दिन भन्नुभयो । यसलाई धोका भन्न सकिन्छ’ सेनले भने, ‘सेड्युल नमिल्ने कुरा पहिल्यै नै थाहा हुन्छ ।’ सेनले हमालको यस्तो स्टेपबारे असन्तुष्टि व्यक्त गरे ।

निर्माताले यसअघि नै हमाल फिल्ममा हुने र उनले नायकको बुवाको भूमिका गर्न लागेको बताएका थिए । ‘अब चाँडै नै यस रोलका लागि नयाँ क्यारेक्टर फाइनल गर्छौं’ सेनले भने ।

यो पनि पढ्नुस्
निर्देशक चाम्स र गौतमले मिलेमतोमा स्क्याण्डल मच्चाएको प्रहरीको आशंका

एउटा चलचित्र बनाउँछ, अर्को विवादास्पद समिक्षा गर्छ । समिक्षाको विषयलाई उठाएर प्रहरी हिरासतसम्म पु¥याउँछ । चलचित्र र समिक्षक दुवै चर्चामा पुग्छन् । प्रहरी विवादमा तानिन्छ । अहिले विरविक्रम–२ सँग जोडिएर प्रनेश गौतम र मिलन चाम्सको नाटक यसरी नै चलिरहेको छ ।प्रहरीलाई उल्लु बनाउने गरी चलचित्रकर्मीले नाटक मञ्चन गरेको तथ्य खुल्दै गएको छ । चलचित्र विरविक्रम २ का निर्देशक मिलन चाम्स राई र समिक्षक समेत रहेका चलचित्रकर्मी प्रनेश गौतमले नाटक मञ्चन गरेर चर्चा बटुलेका छन् । प्रनेशको समर्थनमा सामाजिक सञ्जालमा आवाज उठ्न थालेपछि प्रहरीले हाजीरी जमानतमा छाडेको छ । उनीमाथि अनुसन्धान जारी रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

साइबर क्राइममा उजूरी परेपछि नियन्त्रणमा लिइएका गौतममाथि मात्र नभई चाम्समाथि समेत अनुसन्धानकको सुई घुमेको छ ।

चलचित्र वीरविक्रम–२ बन्दै गर्दा प्रनेशले प्रचार प्रसारको जिम्मा मागेको र आफूहरुले नदिएपछि बदनाम गर्दै हिंडेको आरोप मिलन चाम्सको थियो । चलचित्र बदनाम गर्ने गरी भिडियो समेत बनाएर नियोजित रुपमा डुबाउन लागिपरेको भन्दै साइबर क्राइमको उजूरी हाल्न पुगेका थिए चाम्स ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रनेशलाई नियन्त्रणमा लियो । चलचित्रको समिक्षालाई लिएर नियन्त्रणमा लिएको भन्दै सर्वत्र विरोध भयो । चाम्सले शक्तिको दुरुपयोग गरेको आरोप लाग्यो ।

विवाद यसरी चर्कियो कि चलचित्र वीरविक्रम–२ ले व्यापक प्रचारप्रसार पायो । प्रचासप्रसारको जिम्मा माग्ने प्रनेशले नपाएपनि उनैका कारण यति ठूलो चर्चा भयो ।

मिलन चाम्स पनि चर्चामा आए । प्रनेशको पनि चर्चा चुलियो । चर्चाबाट लाभ लिने क्षेत्रका दुवैलाई लाभ पुग्यो । नेपाल प्रहरी यो घटनामा कतै प्रयोग त भएन ? यसबारे प्रहरीमै चिन्तन हुन थालेको बुझिएको छ । मिलन र प्रनेश मिलेर प्रहरीलाई जोक्कर बनाएको त होइनन् ? अनुसन्धान यो कोणबाट बढेमा नयाँ तथ्य भेटिने सम्भावना देखिदैछ । प्रहरीले अनुसन्धानको कोण समेत बदलेको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह
भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह
ओली नेतृत्वको सरकार माफियासँग मिलेर देश चलाउन खोज्दैछ : अर्याल
ओली नेतृत्वको सरकार माफियासँग मिलेर देश चलाउन खोज्दैछ : अर्याल
आज पनि एकीकृत समाजवादीकाे सचिवालय बैठक
आज पनि एकीकृत समाजवादीकाे सचिवालय बैठक
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
धिमेबाजाको उपाधि लुनिभालाई
धिमेबाजाको उपाधि लुनिभालाई
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’

तपाईंले छुटाउनुभयो कि?