इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो

सारांश

  • कात्तिक २७ – इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ ।
  • ज्यान गुमाउनेको संख्या कम्तिमा दुई सय १४ पुगेको छ ।
  • दुई हजार ८ सय भन्दा बढी घाइते भएका छन् ।

कात्तिक २७ – इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ । ज्यान गुमाउनेको संख्या कम्तिमा दुई सय १४ पुगेको छ । दुई हजार ८ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन् । इराकमा कम्तिमा सातजनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।

इरानमा भूकम्पका कारण ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इराकको राजधानी बग्दादमा धेरैले प्राथना गरिरहेका छन् । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिनुभएको छ । अरु गाउँमा बिजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू वैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
‘हनिट्रयाप’मा पारेर बार्गिनिङ गर्ने महिला कारागार चलान
‘हनिट्रयाप’मा पारेर बार्गिनिङ गर्ने महिला कारागार चलान
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
अफगानिस्तानमा हिंसा झन् बढ्यो
अफगानिस्तानमा हिंसा झन् बढ्यो
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक
सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?