हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सारांश

  • मनहरी ।
  • सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ ।
  • सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

मनहरी । सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

उनीसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले बताए ।

आज करिब २ बजे प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा मोर्चाले सन्देशसभा गर्ने भुसालले बताए। सन्देशसभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।

हेटौँडामा प्रधानमन्त्री आउने भएपछि शनिबारबाटै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । कार्यक्रमस्थलसहित बजारका विभिन्न चोकचोकमा सुरक्षाकर्मी खटाइएको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताए ।

(https://wbctx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
काठमाडौँ उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा
काठमाडौँ उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा
त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बदे
त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बदे
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त
एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त