सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौः शाह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौः शाह

सारांश

  • सिन्धुली, ७ जेठ ।
  • नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको छ ।
  • सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उहाँले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको हो ।

सिन्धुली, ७ जेठ । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको छ ।सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उहाँले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको हो । सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार अलोकतान्त्रिक भएको र जनभावनाविपरीत विभिन्न गतिविधि गर्दै आएकाले सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउन काङ्ग्रेसले रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।सरकारले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने उहाँले बताउनुभयो ।

विधेयकको विरोध नेपाली काङ्ग्रेसले खुलेर गरेको र पत्रकारको हकहितका लागि आफ्नो पार्टी पत्रकारसँगै रहनेसमेत बताउनुभयो । जनतालाई आतङ्कित बनाएको भन्दै उहाँले प्रेस स्वतन्त्रता नभए पञ्चायत, राणाकालभन्दा पनि डरलाग्दो अवस्थामा यो सरकारले देशलाई लैजान लागेको बताउँदै अराजकतासँगै मुलुकलाई अस्थिरतातिर लैजाने अहङ्कारको खिलाफमा देशभर काङ्ग्रेसले जागरण अभियान चलाएको उहाँले स्पस्ट पार्नुभयो ।उहाँले अहिले देशमा भ्रष्टाचार, अत्याचार बढ्दै गएको सुशासन कायम नभएको समेत बताउनुभयो । सरकारका बेथितिविरुद्ध नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण अभियान शुरु गरेकाले साथ दिन समेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
६ महिनाकालागि विद्यालय बन्द
६ महिनाकालागि विद्यालय बन्द
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
जनता आवास कार्यक्रम छनोट प्रक्रिया स्थगन
जनता आवास कार्यक्रम छनोट प्रक्रिया स्थगन
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो
संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो

तपाईंले छुटाउनुभयो कि?