छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला

सारांश

  • बीबीसी।
  • बाङ्ग्लादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
  • शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो।

बीबीसी। बाङ्ग्लादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।

नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।नुसरतको मृत्युको घटनाले बाङ्ग्लादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि उनलाई न्यायको माग श्रृ शृङ्खलाबद्ध प्रदर्शनहरू भएका थिए।

यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौँ लाग्ने गरेको बाङ्ग्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समय भित्रै छिनिदिएको छ।अभियोजनकर्ता हाफेज अहमदले संवाददाताहरूसँग कुरा गर्दै यो प्रकरणले ूहत्या गर्ने कोही पनि बाङ्ग्लादेशमा सहजै उम्किन नसक्नेू तथ्यलाई प्रमाणित गरिदिएको बताए।

नुसरतलाई के भएको थियो?

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्।त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो।त्यहाँ उनलाई बुर्का लगाएका चार-पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए।

त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो।प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो।उनले घटनाबारे दिएको जानकारीको भिडिओ उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए।केही आक्रमणकारीको नाम लिँदै उनले भनेकी थिइन्, ूशिक्षकले मलाई छोएका थिए। म त्यो अपराधविरुद्ध सास रहुन्जेलसम्म लडिरहन्छु।नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो। उनको चार दिनपछि मृत्यु भयो।

बाङ्ग्लादेशमा यौन अपराधको अवस्था कस्तो छ?

यौन दुर्व्यवहार र यौनजन्य अपराध बाङ्ग्लादेशमा सामान्य रहेको छ।एक्शन एडले गरेको एउटा अध्ययनअनुसार तयारी कपडा उद्योगमा काम गर्ने ८० प्रतिशत महिलाले यौन हिंसा देखेका वा भोगेका छन्।तर नुसरतले जसरी प्रतिकार गर्नु सामान्य होइन। किनभने त्यसो गरेमा उनीहरूसँग नराम्रो व्यवहार गरिन्छ।

नुसरत प्रहरीकहाँ समेत गइन्। उनको बयानलाई भिडिओमा समेत रेकर्ड गरियो जुन पछि सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुन पुग्यो।त्यसपछि प्रधानाध्यापकको रिहाइको माग गर्दै प्रदर्शनहरू भए। त्यो बेला नुसरतको परिवारमाथि आक्रमण हुन सक्ने चिन्ता बढेको थियो।

नुसरतको हत्यापछि कस्तो प्रतिक्रिया आयो?

नुसरतको हत्याको घटना सार्वजनिक भएपछि बाङ्ग्लादेशमा ठूला प्रदर्शनहरू भए। तिनले देशमा यौन हिंसा र दुर्व्यवहार भोग्ने पीडितले भोग्ने जोखिमको अवस्था प्रष्ट पारिदियो।प्रधानमन्त्री शेख हसिनाले सार्वजनिक रूपमा ूकुनै पनि पीडक कानुनी कारबाहीबाट उम्कन नसक्नेू प्रतिबद्धता जनाइन्।सुरुमा यौन दुर्व्यवहार भएको भन्ने आरोप अस्वीकार गरिरहेको प्रहरीले मे महिनामा १६ जनाविरुद्ध अभियोग दर्ता गरायो।अभियोजनकर्ताहरूले मृत्युदण्डको सजायको माग गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’
कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’
हेडसरले विद्यार्थीलाई बेहोस हुँदासम्म कुटे, कुटेरै दाँत समेत झारिदिए
हेडसरले विद्यार्थीलाई बेहोस हुँदासम्म कुटे, कुटेरै दाँत समेत झारिदिए
Krushna Abhishek hopes to reconcile with Govinda, feels wife Kashmera was at fault!
Krushna Abhishek hopes to reconcile with Govinda, feels wife Kashmera was at fault!
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय  बेवारिसे बिरामी बृद्धको उद्धार
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय बेवारिसे बिरामी बृद्धको उद्धार
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !
क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन  !
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन !