पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
सारांश
- काठमाडौं ।
- नेकपा (एमाले)का युवा नेता वसन्त मानन्धरले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सड्कलाई धुलो मुक्त गर्दै सार्वजनिक सम्पत्ति र पुरातात्विक महत्वका स्थलको संरक्षणका निम्ती आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
- काठमाडौं निर्वाचन क्षेत्र नं.
काठमाडौं । नेकपा (एमाले)का युवा नेता वसन्त मानन्धरले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सड्कलाई धुलो मुक्त गर्दै सार्वजनिक सम्पत्ति र पुरातात्विक महत्वका स्थलको संरक्षणका निम्ती आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेशसभा १ तर्फका उम्मेदवार रहनुभएका मानन्धरले आज बालाजुमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका स्थलहरुको संरक्षण गर्नुपर्ने भएकाले आफुलाई मतदान गरि विजय गराउन आग्रह गर्नुभयो ।
‘मेरो प्राथमिकता यहाँका सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै धार्मिक तथा निकै पुराना इतिहाँस बोकेका बहुमुल्य चिजहरुको संरक्षण र जगेर्ना गर्नु हो,’ मानन्धरले भन्नुभयो ।
उहाँले विभिन्न ढंगले काठमाडौंको भित्री सहरमा रहेका सार्वजनिक सम्पत्तीहरु नष्ट हुदैं गएको भन्दै त्यसलाई संरक्षण गर्न आफुले अभियान नै चलाउने बताउनुभयो ।
उहाँले वामपन्थी नेतृत्वको सरकारले मात्रै विकास, सम्वृद्धि र लोकल्याणकारी राज्यको अनुभूति दिन सक्ने भन्दै आम मतदातालाई विवेक पुर्याउन आग्रह गर्नुभयो । राजनीतिक स्थायित्वका निम्तीे पाँच वर्षसम्मका लागि स्थिर सरकार चलाउन दिएर वामपन्थीलाई एकपटक अवसर दिन पनि उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया